बुधबार, भदौ ३, २०८३

राणाविरुद्ध महाभियोग ल्याउनु गैर जिम्मेवारी : कमल थापा

राप्रपा नेपालको अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग ठिक नभएको प्रतिक्रिया दिएका छन्।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

काठमाडौं- राप्रपा नेपालको अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग ठिक नभएको प्रतिक्रिया दिएका छन्।

न्यायालयमा लामो समयदेखि कायम रहेको अराजकता अन्त्य आवश्यक रहे पनि महाभियोग ठिक बाटो नभएको उनले बताएका हुन्।

'प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने, अहिले एमसीसी पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा(एस)को सांसद पद जोगाउने प्रपञ्चमा प्रन्या राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो।'

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरूले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि थापाको उक्त अभिव्यक्ति आएको हो।

प्रकाशित: Feb 14, 2022| 09:22 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...