काठमाडौं- महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निलम्बित भएपछि कायममुकायम प्रधानन्यायाधीश बनेका दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक आह्वान गरेका छन्।
बैठकमा प्रधानन्यायाधीश जबरालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुनेछ।
जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरू पनि आजको पूर्ण बैठकमा सहभागी हुने भएका छन्।
महाअभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका हुन्।