काठमाडौं- प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्ध चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव षड्यन्त्रपूर्ण भएको ठहर गरेको छ।
सत्तारुढ दलले न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण हुने गरी प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएको एमालेले ठहर गरेको हो।
आइतबार साँझ आकस्मिक रूपमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो ठहर गरेको हो।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने गरी निर्णय गरिने जानकारी दिए।
सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओवादीका ९८ सांसदले संसद् सचिवालयमा आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरएका थिए।