बुधबार, भदौ ३, २०८३

माधव नेपालले भने - एमसीसी अगाडि बढाउन सकिँदैन

महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु असंलग्‍न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा उक्त परियोजनामा विभिन्न आशंका कायमै भएकाले मुलुकलाई कुनै पनि नाममा रणभूमि बनाउन नहुने बताए।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने बताएका छन्। महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु असंलग्‍न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा उक्त परियोजनामा विभिन्न आशंका कायमै भएकाले मुलुकलाई कुनै पनि नाममा रणभूमि बनाउन नहुने बताए। 

जनताको हित र समाज कल्याणका लागि आफ्नो पार्टी क्रियाशील रहेकाले मुलुकको राजनीतिमा पार्टीले विशिष्ट भूमिका निर्वाह गरी समाजवादको यात्रामा निरन्तर अगाडि बढेको उनले बताए। पूर्वप्रधानमन्त्री नेपालले आफूहरुले निर्माण गरेको पार्टी दक्षिणपन्थी अवसरवादको दलदलमा जकडिएपछि सुध्रने लक्षण नदेखेर कम्युनिष्ट आन्दोलनको निरन्तरतास्वरूप विद्रोह गर्नुपरेको बताउँदै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले तरंग पैदा गरेको उल्लेख गरे। 

वर्तमान गठबन्धन तीन तहको निर्वाचनमा मिलेर जान पटक पटक छलफल भएको भन्दै नेता नेपालले प्रतिगामीहरुको विरुद्धमा मोर्चाबन्दी हुने र त्यस्तो मोर्चा केही दिन अगाडि भएको राष्ट्रियसभा निर्वाचनले लक्षित गरिसकेकाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन दिए। 

प्रकाशित: Feb 13, 2022| 21:50 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...