बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपालको पार्टीद्वारा एमसीसी संशोधनको माग गर्दै देशभर प्रदर्शन

माधव नेपालको पार्टीद्वारा एमसीसी संशोधनको माग गर्दै देशभर प्रदर्शन

पार्टीका सबै जनवर्गीय संगठनद्वारा सबै जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गरिएको कार्यक्रममा उक्त परियोजना मुलुकको हितमा नरहेकाले अगाडि नबढाउन माग गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीका मोर्चा संगठनले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्र हितको पक्षमा नभएको भन्दै आवश्यक संशोधन गर्नुपर्ने भन्दै देशभर प्रदर्शन गरेको छ। पार्टीका सबै जनवर्गीय संगठनद्वारा सबै जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गरिएको कार्यक्रममा उक्त परियोजना मुलुकको हितमा नरहेकाले अगाडि नबढाउन माग गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।  

काठमाडौंको माइतीघर मण्डलामा समेत गरिएको प्रदर्शनमा पार्टीका उपाध्यक्ष जयन्ती राई, पेसागत महासंघका अध्यक्ष प्रेमल खनाल, अखिल किसान महासंघका अध्यक्ष बलराम बास्कोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठलगायतले सम्झौतामा रहेका केही प्रावधान संशोधनको नगरिकन संसद्बाट अनुमोदन गरिएमा पार्टी गठबन्धनबाट अलग हुनुपर्ने माग गरेका थिए। 

समाजवादी प्रेस संगठनको सचिवालय बैठकले एमसीसीका केही बुँदा संशोधनका लागि दबाब सिर्जना गर्ने उद्देश्यले संस्थापक सदस्य, प्रदेश कमिटी, जिल्ला कमिटीलाई सहयोग गर्न परिपत्र गरेको थियो।

प्रकाशित: Feb 13, 2022| 21:30 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...