बुधबार, भदौ ३, २०८३

लम्बियो कांग्रेस कार्यसम्पादन समिति बैठक, मंगलबार फेरि बस्‍ने

आइतबार पनि बैठकका एजेण्डाहरुमाथिको छलफल नसकिएपछि फागुन ३ गते मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्‍ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- नेपाली कांग्रेसको माघ २७ गतेदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक लम्बिएको छ। आइतबार पनि बैठकका एजेण्डाहरुमाथिको छलफल नसकिएपछि फागुन ३ गते मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्‍ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार र सदस्यहरु- विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एनपी साउदले आ–आफ्नो धारणा राखेका थिए।

बैठकमा नेता साउदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा दर्ता गरिएको महाभियोगको प्रस्तावमा राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका छन्। 

बैठकपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसीका पक्षमा देशव्यापी अभियान चलाइने बताएका छन्। उनले कांग्रेसले एमसीसीविरुद्धको भ्रम चिर्न देशव्यापी अभियान सञ्चालन गर्न लागेको जानकारी दिए। 

साथै, उनले एमसीसी संसदमा लगेर पास गर्न कांग्रेस पूर्ण रुपमा लाग्‍ने पनि बताएका छन्। उनले भने, 'देशमा जुन भ्रम पैदा गर्ने कोशिस भएको छ, यो एमसीसीलाई लिएर। यो भ्रम चिर्ने, देशभरी नै एउटा अभियानको रुपमा जाने र संसदमा पनि यो प्रस्ताव लगेर पास गराउने अभियानमा पनि पार्टी पूर्णरुपमा लाग्ने। र, हाम्रो संसदीय दलको बैठक पनि हुँदैछ, त्यो नै पार्टीको निष्कर्ष हो।’

प्रकाशित: Feb 13, 2022| 20:23 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...