बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमा जनमोर्चाको समर्थन

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमा जनमोर्चाको समर्थन

पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले आइतबार सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको समर्थन गरेको हो।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा राष्ट्रिय जनमोर्चाले समर्थन गरेको छ। पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले आइतबार सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको समर्थन गरेको हो।

जनमोर्चाका उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै महाअभियोगलाई समर्थन गर्ने र संसदमा महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पारेकी हुन्।

तीन दलले प्रस्ताव दर्ता गर्दा राजमोसँग समन्वय नगरेका कारण हस्ताक्षर हुन नसकेको विज्ञप्तिमा उल्लेख छ। निलम्बित प्रधानन्यायाधीश राणालाई सर्वोच्चको न्यायाधीश बनाउने समयमा राष्ट्रिय जनमोर्चाले गरेको विरोध र अध्यक्ष चित्रबहादुर केसीले संसदीय सुनुवाई समितिमा लिएको अडानबारे पनि उपाध्यक्ष पौडेलले स्मरण गरेकी छन्। 

उनले विज्ञप्तिमा भनेकी छन्, 'चोलेन्द्र शमशेर सर्वोच्च अदालतको न्यायाधीश बन्नको लागि योग्य नभएको कुरा हाम्रो पार्टीले शुरुदेखि नै स्पष्ट गर्दै आएको थियो। संसदीय सुनुवाइको बेलामा हाम्रो पार्टीका अध्यक्ष का. चित्रबहादुर केसीले अन्तसम्म उनलाई न्यायाधीशमा नियुक्त गर्ने प्रस्तावका विरुद्ध अडान लिनु भएको थियो।' 


प्रकाशित: Feb 13, 2022| 18:43 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...