बुधबार, भदौ ३, २०८३

पेशीबाट हटाइयो माधव नेपालसहित १४ सांसदविरुद्धको रिट

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको सुनुवाई आइतबारको पेशीबाट हटाइएको छ।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको सुनुवाई आइतबारको पेशीबाट हटाइएको छ। 

नेकपा एमालेले नेपालसहित १४ सांसद्लाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। उक्त रिटको सुनुवाईका लागि पेशीमा चढाइएको थियो। 

उक्त रिट पेशीबाट हटाउन माग गर्दै लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले निवेदन दिएका थिए। त्यसपछि यो रिटलाई पेशीबाट हटाइएको हो।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिट पेशी तोकिएको थियो। लुम्बिनी प्रदेश सभा सचिवालयबाट प्रतिरक्षामा खटिएका व्यक्तिमा रुघा खोकी र ज्वरो देखिएपछि कोभिड आशंका भएको भन्दै पेशीबाट हटाउन माग गरिएको थियो।

त्यहीकारण सोमबारबाहेक अरु दिनको पेशीमा यथाशीघ्र सुनुवाइका लागि पेश गर्न आजको इजलासले आदेश दिएको छ। सर्वोच्चले यसअघि निर्वाचन आयोग र सभामुख सचिवालयबाट यससम्बन्धी निर्णय गर्दाका कागजात झिकाएको थियो। 

माधव नेपालसहित १४ सांसदलाई नेकपा एमालेले गत साउनमा कारबाही गरेको थियो। तर सभामुख अग्नि सापकोटाले उनीहरुलाई कारबाही गरेको सूचना टाँस गरेका थिएनन्। 

त्यहीबीचमा उनीहरुसहितलाई राखेर माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए। त्यसलाई समेत खारेज गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसनामामार्फत रिट दर्ता गराएका थिए। 


 

प्रकाशित: Feb 13, 2022| 16:53 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...