बुधबार, भदौ ३, २०८३

एमसीसीविरुद्ध सत्तारुढ दल नेकपा (एस)को प्रदर्शन

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौताविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं– सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौताविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। आइतबार सो पार्टीका भ्रातृ संगठनहरुले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै प्रदर्शन गरेका हुन्। 

उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत प्लेकार्डसहितको नारा लगाएका थिए। प्रदर्शनका क्रममा पार्टीसँग आवद्ध भ्रातृ संगठनका नेताहरुले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एमसीसी यथास्थितीमा स्वीकार्य नहुने अडान राख्दै आएको छ। 

प्रकाशित: Feb 13, 2022| 16:16 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...