बुधबार, भदौ ३, २०८३

माधव नेपालसहित १४ सांसदको मुद्दामा आज पनि सुनुवाइ भएन

नेकपा एमालेले निष्कासन गरेका १४ जना संघीय सांसद र लुम्बिनी प्रदेशका दुईजनासांसदलाई सभामुखले गैरकानुनी रुपमा जोगाएको भन्दै एमालेले दर्ता गरेको मुद्दाको सुनुवाइ आज पनि रोकिएको छ।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं– नेकपा एमालेले निष्कासन गरेका १४ जना संघीय सांसद र लुम्बिनी प्रदेशका दुईजनासांसदलाई सभामुखले गैरकानुनी रुपमा जोगाएको भन्दै एमालेले दर्ता गरेको मुद्दाको सुनुवाइ आज पनि रोकिएको छ।

लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्तालाई कोरोना संक्रमण भएको भन्दै सुनुवाइ सार्न निवेदन परेपछि आज पेशी तोकिएको सुनुवाइ सरेको हो। न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको पेशी तोकिएको थियो।

आज नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ताको छ। सत्तारुढ तीन दलका ९८ जना सांसदको हस्ताक्षरमा महाभियोग दर्ता भएको हो।


प्रकाशित: Feb 13, 2022| 14:37 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...