बुधबार, भदौ ३, २०८३

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

संसद् सचिवालयका अनुसार बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग, एमससी र एमालेले संसद् बैठकमा गर्दै आएको अवरोधबारे छलफल हुनेछ। 

बैठक भोलि सोमबार दिउँसो दुई बजेका लागि बोलाइएको छ। यसैबीच, भोलिका लागि बोलाइएको संसद् बैठक बुधबारलाई सरेको छ।

प्रकाशित: Feb 13, 2022| 14:29 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...