बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कानुमन्त्री भन्छन्– न्यायालयको गरिमा जोगाउन प्रधानन्यायाधीशलाई महाभियोग

कानुमन्त्री भन्छन्– न्यायालयको गरिमा जोगाउन प्रधानन्यायाधीशलाई महाभियोग

कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले न्यायालयमा देखिएको गतिरोध हल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गरिएको बताएका छन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं– कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले न्यायालयमा देखिएको गतिरोध हल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गरिएको बताएका छन्। प्रधानन्यायाधीशमा न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले पनि महाभियोग दर्ता गर्नुपरेको मन्त्री बडुको भनाइ छ।

‘न्यायपालिका गतिरोधमा रह्यो भने न्यायापालिकाको आवश्यकता र गरिमामाथि प्रश्न उठ्न सक्ने देखियो। त्यसकारणले प्रतिनिधिसभाका सांसदहरुले संवैधानिक निकास खोज्ने प्रयत्न गर्नुभएको हो,’ आइतबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोग दर्ता गराएपछि बडुले भने।

मन्त्री बडुले सर्वोच्चको गतिरोध अन्त्य गर्न र न्यायालयको गरिमा जोगाउन संवैधानिक प्रक्रियाबाट प्रधानन्यायाधीश हटाउने बाटो अपनाइएको बताए। दर्ता भएको महाभियोग अब प्रक्रियामा अगाडि बढ्ने उनले जानकारी दिए।

प्रकाशित: Feb 13, 2022| 12:48 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...