काठमाडौं– संघीय संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा जबरा स्वतः निलम्बनमा परेका छन्।
राणा निलम्बित भएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बन्ने भएका छन्।
कार्कीले संवैधानिक परिषद, न्याय सेवा आयोग र न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन्। संविधानको धारा १०१ (६) अनुसार महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म प्रधानन्यायाधीशले कुनै कामकारबाही गर्न पाइँदैन।
सत्तारुढ गठबन्धन दलका सांसदहरुको हस्ताक्षरमा आज राणाविरुद्ध महाभियोग दर्ता भएको हो। प्रस्तावमा ९८ जना सांसदको हस्ताक्षर छ।