काठमाडौं- जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जनयुद्ध दिवसको शुभकामना दिएका छन्। २७औं जनयुद्ध दिवसको अवसरमा उनले समाजिक सञ्जालमार्फत जनयुद्ध दिवसको शुभकामना दिएका हुन्।
उनले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य प्रणेता महान क्रान्तिमा जीवन बलिदान दिने सहीदहरु, वेपत्ताजन, घाइते योद्धाहरूप्रति उच्च सम्मान भएको बताएका छन्।
क्रान्तिको रक्षा र विकास गर्दै निरन्तर बढ्नुपर्ने भटटराईको सुझाव छ। उनले लेखेका छन्, ‘क्रान्तिको रक्षा र विकास गर्दै निरन्तर अघि बढौं!’
२७औं जनयुद्ध दिवस(फागुन १)को उपलक्ष्यमा संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य प्रणेता यस महान क्रान्तिमा जीवन बलिदान दिनुहुने अमर सहीदहरू,वेपत्ताजन,घाइते योद्धाहरूमा उच्च सम्मान र सहभागीहरू सबैलाई हार्दिक वधाइ/शुभकामना! क्रान्तिको रक्षा र विकास गर्दै निरन्तर अघि बढौं!
— Baburam Bhattarai (@brb1954) February 13, 2022