बुधबार, भदौ ३, २०८३

एमसीसी टेबुल नगरे सभामुखले राजीनामा दिनुपर्छ : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबुल गर्ने बताएका छन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबुल गर्ने बताएका छन्। त्यसो नगरे उनले राजीनामा गर्नुपर्ने प्रचण्डले बताए।

शनिबार राति एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले भने, ‘‘सभामुख अग्नि सापकोटाजीले अब यसलाई रोकेर राख्न सक्नुहुन्न। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अघि बढाउन भन्नुभयो भने उहाँले संसद्‍मा छलफल गराउनुपर्छ।’

प्रधानमन्त्रीले अघि बढाउन चाहेपछि सभामुखले रोक्न नमिल्ने उनले तर्क गरे। प्रचण्डले भने, ‘सभामुखजीले एकपटक सर्वदलीय बैठक राखेर आफ्ना धारणा राख्न खोज्नुभएको छ। अब उहाँले रोक्नुहुन्न। यदि उहाँले एमसीसी अघि बढाउँदिनँ भन्ने हो भने राजीनामा गर्नुपर्छ। उहाँले त्यसो गर्नुहोला जस्तो मलाई लाग्दैन, उहाँले अघि बढाउनहुन्छ।’

प्रचण्डले अहिले पनि आफू गठबन्धन जोगाउन क्रियाशील रहेको बताउँदै प्रधानमन्त्री देउवा पनि त्यही प्रयासमा लागिरहेको सुनाए। एमसीसीमा राष्ट्रिय सहमति नभई प्रक्रिया अघि बढेमा भने आफूहरूले विपक्षमा मतदान गर्ने हुनाले गठबन्धनबाट बाहिरिनुपर्ने अवस्था आउन सक्ने उनले बताए।

एमसीसी प्रतिनिधिसभाबाट पारित गर्नलाई विभिन्न विकल्प खोज्न सत्ता गठबन्धन सहमति नजिक पुगेको बताइएको छ। सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच शनिबार भएको छलफलमा अब बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसी टुंगो लगाउने सहमति भएको छ।

माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले लामो समयदेखि एमसीसी संसद्‍मा टेबल गर्न मानेका छैनन्। पछिल्लो बैठकमा भने उनीहरू यसमा तयार भएको बताइएको छ। प्रतिनिधिसभाको बैठक भोलि सोमबारका लागि बोलाइएको छ। एमसीसी संसद्मा टेबुल भएमा उपस्थित सांसद संख्याको बहुमतबाट पारित हुनेछ।

एमसीसी टेबुल भएपछि माओवादी र एकीकृत समाजवादीका सांसदले विरोध गरेर बहिस्कार गर्नेछन् र उपस्थित सांसदको बहुमतले पारित हुनेछ। कुनै पनि विधेयक वा प्रस्ताव प्रतिनिधिसभामा पारित गर्न सम्पूर्ण संख्याको एक चौथाइ सांसद उपस्थित हुनुपर्छ। 

प्रतिनिधिसभामा नेपाली कांग्रेससँग ६१ सांसद छन्। सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि एमसीसीकै पक्षमा छन्। जसपाका २० र लोसपाका १२ सांसद छन्। शनिबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै लोसपा अध्यक्ष महन्थ ठाकुरले एमसीसी विशुद्ध विकास परियोजना भएकाले यसको विरोध गर्नुको तुक नभएको बताएका छन्।

प्रकाशित: Feb 13, 2022| 11:15 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...