बुधबार, भदौ ३, २०८३

मप्रतिको कोलाहल देख्दा हाँसो उठ्छ : कमल थापा

नयाँ दल दर्ताको तयारीमा रहेका नेता कमल थापाले पार्टी फुटायो, कसम तोड्यो जस्ता लान्छना लगाउँदै आफूमाथि भइरहेका टिप्पणीले हाँसो उठेको बताएका छन्।
 |  आइतबार, फागुन १, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १, २०७८

काठमाडौं- नयाँ दल दर्ताको तयारीमा रहेका नेता कमल थापाले पार्टी फुटायो, कसम तोड्यो जस्ता लान्छना लगाउँदै आफूमाथि भइरहेका टिप्पणीले हाँसो उठेको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले आफू पार्टीबाट अलग भइसकेको अवस्थामा यस्ता टिप्पणीको कुनै अर्थ नहुने प्रतिक्रिया दिएका छन्।

'हाँसो उठ्छ! म राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउँदै छ, कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ। पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने। राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन।नयाँ सिर्जना बाध्यता हो,' उनले लेखेका छन्।

प्रकाशित: Feb 13, 2022| 11:15 आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...