काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने काम भइरहेको बताएका छन्। शारदानगर जेसिजको २२औं पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्दै महतले उक्त भ्रम चिर्न आवश्यक रहेको औंलाए।
एमसीसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग भएको उनले बताएका छन्। उनले उक्त रकमबाट नेपालले आफ्नै ढंगले काम गर्न पाउनेसमेत दाबी गरेका छन्।
'नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेको छ। र, सबै देशसँग एउटै मापदण्डअनुसार सम्बन्ध गरिनुपर्छ,' उनले भने। यसका साथै उनले कांग्रेससँग बहुमत नभएकाले देश विकासले गती लिन नसकेको दाबी गरेका छन्।