आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • डा. यादवलाई बीपीको उपकुलपतिको हैसियत कानुनसम्मत : मन्त्री खतिवडा

डा. यादवलाई बीपीको उपकुलपतिको हैसियत कानुनसम्मत : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको हैसियतमा डा. श्यामसुन्दर यादवलाई दिएको जिम्मेवारी कानुनसम्मत नै भएको दाबी गरेका छन्।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

विराटनगर- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको हैसियतमा डा. श्यामसुन्दर यादवलाई दिएको जिम्मेवारी कानुनसम्मत नै भएको दाबी गरेका छन्। 

National life

उनले भने,‘कानुन विपरीत भएको हो-होइन त्यो बोल्ने संस्था छुट्टै छ। त्यो जिम्मेवारी उसलाई दिऊँ।’ डा. यादव जिम्मेवारी सम्हाल्न आइसकेको उनले बताए। मन्त्री खतिवडाले भने,‘उहाँ एक-दुई कामका लागि जानु भएको थियो, सायद फर्किसक्नुभयो होला।’ मन्त्रीस्तरीय निर्णय गर्दै प्रमुख विशेषज्ञ डा. यादवलाई उपकुलपतिको हैसियतमा अस्पताल सञ्चालन तथा प्रतिष्ठानको दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी दिएको उनको भनाई छ। 

मन्त्री खतिवडाले कोभिड १९ विरुद्धको खोपको विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्। उनले एउटा पनि खोप नहराएको पनि दाबी गरे। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारले हराएको खोप खोजीका लागि गठित समितिले विवरण संकलन गरिरहेकाले चाँडै विवरण सार्वजनिक गरिने बताए। 

उनले भने,‘एउटा पनि खोप हराएको छैन। केही खेर गयो होला। तर, हराएको छैन।’ मन्त्रालयले प्रदेश र प्रदेशले स्थानीय तहमा पठाएको खोपको विवरण संकलन भईरहेको उनले बताए। 

स्वास्थ्यमन्त्री खतिवडाले नोवेल मेडिकल कलेज विराटनगर र केएमसीमा भइरहेको विद्यार्थी आन्दोलनलाई सरकारल सम्बोधन गर्ने बताए। उनले कानुन विपरीत जाने छुट कसैलाई नभएकाले आवस्यक कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको बताए।

Shivam cement

प्रकाशित: Feb 12, 2022| 20:05 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।