काठमाडौं– निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चारमाध्यमलाई जानकारी गराउने भएको छ।
कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गते आइतबारदेखि प्रत्येक दिन अपराह्न ४ बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुने बताइएको छ।
निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्बन्धित अन्य विषयमा आमसञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले प्रेस ब्रिफिङ सुरु गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।
दैनिक रुपमा सञ्चारमाध्यममार्फत सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता–सञ्चारकर्मी भेटघाट राखिएको उनले बताए। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ।