काठमाडौं- निर्वाचन आयोगले नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीलाई पदबाट हटाउन नमिल्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसको गत मंसिरमा भएको महाधिवेशनमा मधेशी कोटाबाट चौधरी केन्द्रीय सदस्य चुनिएका थिए।
निर्वाचन प्रक्रिया सकिएपछि मधेशी कोटामा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका डा. सुभाषचन्द्र यादवले चौधरीले विधान विपरीत कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेको भन्दै निर्वाचन समितिमा उजुरी दिएका थिए।
कांग्रेसको निर्वाचन समितिले नेपाली कांग्रेसको निर्वाचन निर्देशिका २०७८ को दफा ५ को उफदफा १ बमोजिम निवेदन खारेज गरेको र सो निर्णय अन्तिम हुने भन्दै दफा १० मा उल्लेख रहेको हुँदा आयोगले थप कारबाही गर्नु नपर्ने निर्णय गरेको हो।
चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै यादव निर्वाचन आयोग पुगेका थिए।