बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारीमा देउवा, संसद् बैठक सार्न प्रचण्ड-नेपालको आग्रह

मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारीमा देउवा, संसद् बैठक सार्न प्रचण्ड-नेपालको आग्रह

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा मन्त्रिपरिषद्‌लाई पूर्णता दिने विषयमा छलफल भएको हो।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा मन्त्रिपरिषद्‌लाई पूर्णता दिने विषयमा छलफल भएको हो। 

प्रधानमन्त्री देउवाले दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्। हाल रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रिक्त छन्। पार्टीको महाधिवेशनमा महामन्त्री हारेपछि तत्कालीन रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका थिए। त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका गजेन्द्र हमालले पनि राजीनामा दिएका थिए। रिजाल र हमालले राजीनामा दिएपछि ती मन्त्रालय रिक्त भएका हुन्।

हाल मन्त्रिपरिषद्‌मा कांग्रेसबाट प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रबाट ६, एकीकृत समाजवादीबाट ५ र जनता समाजवादी पार्टीबाट ४ मन्त्री छन्।

त्यसैगरी उक्त छलफलमा सत्ता साझेदार प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई फागुन २ का लागि तोकिएको प्रतिनिधि सभाको बैठक सार्नसमेत आग्रह गरेका छन्। 

नेताबीच भएको छलफलमा नेताद्वय प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई फागुन २ गते प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित हुन नसक्ने भएकाले संसद् बैठक फागुन ४ गते राख्‍न सुझाव दिएका हुन्। 

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले भनेकी छन्, ‘प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेताबीच भएको भेटवार्ताका क्रममा २ गते (फागुन) हुने भनिएको संसद अधिवेशन प्रमुख प्रतिपक्ष दल एमाले २ गते उपस्थित हुन नसक्ने र संसद सार्न गरेको अनुरोधको कारण अध्यक्षद्वयले फागुन ४ गते राख्न सुझाव दिनुभएको छ।’  

प्रधानमन्त्री देउवाले फागुन २ गते को संसद् बैठकमा एमसीसी टेबल गर्नुपर्ने बताए पनि प्रचण्ड-नेपालले भने फागुन २ को संसद् बैठक सार्नुपर्ने बताएका हुन्।


प्रकाशित: Feb 12, 2022| 16:11 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...