बुधबार, भदौ ३, २०८३

कांग्रेसका १६ जिल्लाको अधिवेशन फागुन १३ गते

सप्तरी, सिरहा, धनुषा, महात्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेन फागुन १३ गते हुने भएको छ। अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बाँकी जिल्लामा अधिवेशन गर्ने विषयमा बहस भइरहेका बेला निर्वाचन समितिले बाँकी जिल्लाको अधिवेशन तोकेको हो। 

१४औँ महाधिवेशनका बेला क्रियाशील सदस्यताको विवाद नटुंगिएकाले १६ जिल्लाको अधिवेशन थाती राखिएको थियो। सप्तरी, सिरहा, धनुषा, महात्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ। 

यस्तै केही पालिका र वडामा पनि अधिवेशन रोकिएकाले ती स्थानमा पनि फागुन १० भित्रै अधिवेशन सकिने संयोजक घिमिरेले बताए। फागुन १५ सम्ममा १४औँ महाधिवेशनका सबै काम सक्ने उनको भनाइ छ। 

प्रकाशित: Feb 11, 2022| 17:30 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...