बुधबार, भदौ ३, २०८३

ओलीले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

'२४ लाख डोज सानातिना कोठामा अट्दैन। ट्रकमा अड्दैन। यस्तो कुरा मन्त्री राजीनामा दिँदैन। कोही जिम्मेवार हुँदैन। कसैले प्रश्न उठाउँदैन,' ओलीले थपे, '२४ लाख डोज झ्वाम्म खायो। कुनै अप्ठेरो छैन। २४ लाख डोजको हिसाब चाहियो। कसैले पनि झ्वाम्म यत्रो खोप खान पाउँदैन।'
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- ‍ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको राजीनामा माग गरेका छन्। महामारीका बेला २४ लाख खोप हराएको विषयमा नैतिक जिम्मेवारी लिएर स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने उनको माग छ। 

शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी कार्यक्रमको उद्घाटन गर्दै ओलीले सरकार महामारीप्रति गम्भीर नभएको आरोप लगाउँदै मन्त्री खतिवडाको राजीनामा माग गरेका हुन्। 

'२४ लाख डोज सानातिना कोठामा अट्दैन। ट्रकमा अड्दैन। कहाँ गयो त्यत्रो खोप? यस्तो कुरामा मन्त्रीले राजीनामा दिँदैन। कोही जिम्मेवार हुँदैन। कसैले प्रश्न उठाउँदैन,' ओलीले थपे, '२४ लाख डोज झ्वाम्म खायो। कुनै अप्ठेरो छैन उनीहरूलाई। २४ लाख डोजको हिसाबकिताब चाहियो। कसैले पनि झ्वाम्म त्यत्रो खोप खान पाउँदैन।'

ओलीले सत्ता गठबन्धनका नेताहरूमा धोकापूर्ण र दुईजिब्रे चरित्र देखा परेकोसमेत आरोप लगाएका थिए। देश उल्टोबाटोमा हिँडेको समेत उनको आरोप थियो। 

प्रकाशित: Feb 11, 2022| 14:48 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...