बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ता गठबन्धनका नेताको धोकापूर्ण र दुईजिब्रे चरित्र देखापर्‍यो : केपी शर्मा ओली

सत्ता गठबन्धनका नेताको धोकापूर्ण र दुईजिब्रे चरित्र देखापर्‍यो : केपी शर्मा ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरूमा धोकापूर्ण र दुईजिब्रे चरित्र देखा परेको बताएका छन्। शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी कार्यक्रमको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरूमा धोकापूर्ण र दुईजिब्रे चरित्र देखा परेको बताएका छन्। शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी कार्यक्रमको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्। 

'सत्ता गठबन्धनकै अभिव्यक्तिले भूराजनीतिक द्वन्द्वको विषय बनाउन कोसिस गरेका छन्। एमसीसीका अधिकारीहरूलाई गोप्य पत्र लेखेका छन्। ४-५ महिनाको समयभित्र पास गर्छौँ भनेर किटानी गर्छन्। यता जनतालाई उचाल्छन् र भ्रमित पार्छन्,' ओलीले भने, 'एउटा नेता पक्षमा कुरा गर्छन्। अर्का नेता विरोध गर्छन्। न्यूनतम साझा कार्यक्रममा एमसीसीलाई उल्लेख गर्दैनन्। उनीहरूको कुनै जवाफ पनि छैन। गठबन्धनमा यसप्रकारको धोकापूर्ण, दुईजिब्रे चरित्र देखा पर्‍यो। यसले राष्ट्रिय हितलाई गम्भीर संकटमा धकेल्ने काम भइरहेको छ।'

गत सेप्टेम्बर २९ मा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेख्दै ४-५ महिनाभित्र एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने बताएका थिए। अमेरिकालाई यस्तो व्यहोराको पत्र पठाएर प्रचण्ड सार्वजनिक रूपमा भने एमसीसी यथास्थितिमा पारित गर्न नहुने बताउँदै आएका छन्। यसपछि सामाजिक सञ्जालमा प्रचण्डको तीव्र आलोचना भइरहेको छ। 

प्रकाशित: Feb 11, 2022| 14:37 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...