आइतबार, फागुन १७, २०८२

विप्लवका कार्यकर्ताले वडाध्यक्षलाई कालो मोसो दले

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका छन्।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका छन्। बिहीबार ६–७ जनाको समूहमा रहेका विप्लव कार्यकर्ताले वडा कार्यालयमै वडाध्यक्ष खातीलाई कालो मोसो दलेका हुन्।

वडाध्यक्षले भ्रष्टाचार गरेकाले ‘जनकारबाही स्वरुप’ कालो मोसो दलिएको विप्लव निकट युवा संघले बताएको छ। वडाध्यक्षले वडा कार्यालय गाउँपालिकामा राखेर अन्तै भाडा दिएको, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, उपभोक्ता समितिद्वारा आफूअनुकूल काम गरेको आरोप विप्लव समूहले लगाएको छ।

वडाअध्यक्षले गाउँपालिका कार्यालयको पछाडि रहेको एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमितता गरेको, वडा कार्यालयमा नजाने र कालिकिच उपभोक्ता समितिद्वारा निर्माण गरिएको सडकमा समेत आर्थिक अनियमितता गरेको युवा संगठन नेपाल कञ्चनपुरको आरोप छ।

वडाध्यक्षलाई कालोमोसो दलेर दुर्व्यवहार गर्नेलाई प्रहरीले अहिलेसम्म भेट्टाएको छैन। एकजनाको पहिचान भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

प्रकाशित: Feb 10, 2022| 17:40 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।