आइतबार, वैशाख २३, २०८१

मधेश प्रदेशका महानगर र उपमहानगरमा कुन दलको कस्तो स्थिति?

सरकारले आगामी वैशाख ३० गते शुक्रबार एकै चरणमा स्थानीय निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग त्यसको तयारीमा जुटिसकेको छ।
 |  बिहीबार, माघ २७, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, माघ २७, २०७८

जनकपुरधाम– सरकारले आगामी वैशाख ३० गते शुक्रबार एकै चरणमा स्थानीय निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग त्यसको तयारीमा जुटिसकेको छ। दलहरु पनि आ–आफ्नो रणनीति बनाउन व्यस्त छन्।

triton college

स्थानीय तहको निर्वाचनलाई लिएर मधेश प्रदेशमा सबै दलले पछिल्लो चुनावभन्दा बढी कसरत गर्नुपर्ने देखिएको छ। पछिल्लो चुनावमा तत्कालीन संघीय समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी तथा नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। कांग्रेस भने एक्लै चुनावी प्रतिस्पर्धामा होमिएको थियो।

मधेश प्रदेशमा रहेका १ सय ३६ पालिकामध्ये १ महानगरपालिका र ३ उपमहानगरपालिका छन्। जसमा महानगरपालिकामा तत्कालीन संघीय समाजवादी पार्टीले जित निकालेको थियो। त्यस्तै तत्कालीन राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले १–१ उपमहानगरमा नेतृत्व हासिल गर्न सफल भएको थियो।  

पछिल्लो १ वर्षमा राजनीतिक समीकरण मात्रै नभई राजनीतिक दलहरुको अवस्थामा समेत परिवर्तन आइसकेको छ। एमाले माओवादी मिलेर राम्रो जित निकालेपछि एकता गरेर नेकपा नामक दलको उदय भयो। तर आन्तरिक कलहका कारण नेकपा नै विलिन भयो। फलस्वरुप एमाले एक्लिएको छ भने माओवादी केन्द्र कांग्रेस नेतृत्वको सत्ता गठबन्धसँग टाँसिएको छ। त्यस्तै तत्कालीन राजपा र संघीय समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीभित्रको किचलोका कारण सो पार्टीबाट अलग्गिएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नामक नयाँ पार्टीको उदय भइसकेको छ।

मधेश प्रदेशको एउटा महानगरपालिका र ३ उपमहानगरपालिकामा कुन दलको स्थिति कस्तो छ? २०७४ सालको स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा नयाँ दल यी पालिकाहरुमा नेतृत्व हासिल गर्नसक्ने स्थिति बनिरहेको छ।

यस हिसाबले २०७४ सालको स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा त्यो परिणामबाट आउने स्थानीय तहको निर्वाचनमा कुन दलले बढीभन्दा बढी पालिकामा बाजी मार्ला यो अहिले भन्नु कठिन छ। तर दलहरुको विभाजनले गर्दा त्यसको फाइदा अन्य दलहरुलाई हुने लगभग निश्चित छ।

corrent noodles
Metro Mart

मधेश प्रदेशको एउटा महानगरपालिका र ३ उपमहानगरपालिकामा कुन दलको स्थिति कस्तो छ? २०७४ सालको स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा नयाँ दल यी पालिकाहरुमा नेतृत्व हासिल गर्नसक्ने स्थिति बनिरहेको छ।

वीरगन्ज महानगरपालिका

वीरगन्ज महानगरपालिकाको कुल जनसंख्या २ लाख ६८ हजार २ सय ७३ छ। यस हिसाबले आउने स्थानीय निर्वाचनमा यो महानगरको नेतृत्व हासिल गर्नका लागि उम्मेदवारलाई बढी नै परिश्रम गर्नुपर्ने देखिन्छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा यो महानगरको प्रमुखमा तत्कालीन संघीय समाजवादी फोरमको उम्मेदवार र उपप्रमुखमा नेपाली कांग्रेसको उम्मेदवारले विजय प्राप्त गरेका थिए।

वीरगञ्ज महानगरपालिकाको नगरप्रमुखमा तत्कालीन संघीय समाजवादी फोरमका  विजयकुमार सरावगीले १९ हजार ३ सय ९३ मत ल्याएर विजयी भएका थिए उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १ सय ९७ र तत्कालीन राजपाका राजेशमान सिंहले १२ हजार १ सय ६५, नेपाल लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तवले ८ हजार ७ सय १, नेकपा एमालेका महम्मद बसरुद्दिन अन्सारीले ८ हजार ६ सय ९९ र नेकपा माओवादी केन्द्रका रहवर अन्सारीले ८ हजार ३ सय ५ मत हासिल गरेका थिए।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी शान्ति कार्कीले १९ हजार ६ सय ७ मत ल्याएर विजयी भएकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमकी पिंकी देवी यादवले १८ हजार ५ सय ३०, राजपा नेपालकी रम्भा मिश्रले १० हजार ६ सय ६३, नेकपा एमालेकी सोफिया आचार्यले १० हजार ३ सय ४१, नेपाल लोकतान्त्रिक फोरमकी रिंकु यादवले ७ हजार ५ सय ८६, नेकपा माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले ५ हजार २८ मत हासिल गरेकी थिइन्।

वीरगन्ज महानगरपालिकाको प्रमुखमा सरावगी छन्, जो अहिले जनता समावादी पार्टीबाट प्रतिनिधित्व गरिरहेका छन्। जनता समाजवादी पार्टीको शक्तिमा पहिलेभन्दा केही ह्रास आएको छ। त्यसैले पनि त्यहाँ जसपाले कुनै नयाँ अनुहारको खोजीमा देखिएको छ। यद्यपि जसपाको शक्ति ह्रास भएको अवस्थामा महानगरको नेतृत्वमा कांग्रेसले बाजी मार्न सक्ने अनुमान लगाइँदै छ।  

जनकपुरधाम उपमहानगरपालिका

मधेश प्रदेशको राजधानी हो जनकपुरधाम। मधेश आन्दोलनको जगको रुपमा जनकपुरधाम उपमहानगरपालिकालाई लिइन्छ। २०७४ सालमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन हुँदा जनकपुरधामसहित पूरै मधेश प्रदेशमा मधेश आन्दोलनको रापताप थियो। त्यसैले होला जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वमा तत्कालीन राजपाबाट लालकिशोर साह ठूलो मतान्तरले विजय प्राप्त गरेका थिए।

तत्कालीन राजपा नेपालबाट जनकपुरधामको नगर प्रमुखको रुपमा लालकिशोर साह निकटतम प्रतिद्वन्द्वी भन्दा दोब्बर मत ल्याएर विजयी भएका थिए। उनले २१ हजार ९ सय ३ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १ सय ६४ मत मात्रै प्राप्त गरेका थिए। त्यस्तै उपप्रमुखमा समेत तत्कालीन  राजपाबाटै रीता झा विजयी भएकी थिइन्।  उनले १७ हजार १ सय ४७ मत प्राप्त गरेकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी का्रग्रेसकी उम्मेदवार निलम कर्णले १० हजार ६ सय ५ मत मात्रै ल्याएकी थिइन्।

जनकपुरधाम उपमहानगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा जम्मा ५१ हजार ५ सय ९९ सदर मत खसेको थियो।
राजपा समूहका अधिकांश नेताहरु महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा रहेको समयमा जनकपुरधाम उपमहानगरका प्रमुख साह भने जसपामा प्रवेश गरिसकेका छन्। यस हिसाबले जनकपुरधाम उपमहागरपालिकामा २०७४ सालको स्थानीय निर्वाचन जस्तो शक्ति न जसपासँग छ, न लोसपासँगै। यी दुबै दल उम्मेदवारको खोजीमा छन्। यता नेपाली कांग्रेसबाट पुरानै उम्मेदवारलाई फेरि अवसर दिने सम्भावना प्रबल छ। मधेश केन्द्रित दुवै दलको शक्ति क्षीण भएको अवस्थामा जनकपुरधाममा कांग्रेसको शक्ति बढ्ने सम्भावना छ।

जीतपुर सिमरा उपमहानगरपालिका

बाराको जीतपुर सिमरा उपमहागरपालिकामा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच जुँगाको लडाइँ हुने निश्चित छ। जीतपुर सिमरा उपमहानगरपालिकाको नयाँ जनसंख्या १ लाख १९ हजार १ सय ४८ छ। जनघनत्व बढी रहेको यस पालिकामा उम्मेदवारलाई घर घर पुग्न गाह्रो हुने निश्चित छ। यद्यपि २०७४ सालको स्थानीय तहको निर्वाचनमा यस उपमहागरपालिकाको निर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको थियो।

जीतपुर सिमरा उपमहानगरपालिकाको पछिल्लो चुनावमा एमालेका उम्मेदवार कृष्ण प्रसाद पौडेल कडा टक्करका बीच कांग्रेसका प्रतिस्पर्धीलाई पराजित गरेका थिए। उनले १४ हजार ८ सय ६५ मत ल्याएका थिए भने नेपाली कांग्रेसका कृष्णवत सिंहले १२ हजार ४३ मत ल्याएका थिए।

त्यस्तै उपप्रमुखमा एमाले उम्मेदवार सरस्वती चौधरीले १४ हजार ४ सय ५९ मत प्राप्त गरेका थिइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नारायणी रायमाझीले १२ हजार ४ सय ६५ मत प्राप्त गरेकी थिइन्।

कलैया उपमहागरपालिका

२०७४ सालको स्थानीय तहको निर्वाचन परिणाम अनुसार अब हुने निर्वाचनमा कांग्रेस वा एमालेमध्ये कुनै एक दलले पालिकाको नेतृत्व पाउन सक्ने सम्भावना छ। २०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १ सय ८७ मतको झिनो अन्तरले नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका थिए। यादवले १० हजार ९ सय ३ र उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विनोद साहले १० हजार ७ सय १६ मत प्राप्त गरेका थिए।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकै रहिना खातुन १० हजार ५सय ३८ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३ सय ७२ मत प्राप्त गरेकी थिइन्।

प्रकाशित: Feb 10, 2022| 07:14 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।