मंगलबार, वैशाख ९, २०८२

मातृशिशु मृत्युदर घटाउन घरमा स्वास्थ्यकर्मी परिचालन

प्रसूति भएका महिला र शिशुको अवस्थाबारे जानकारी लिनका लागि स्वास्थ्यकर्मीले घरमै गएर स्वास्थ्य परीक्षण गर्दै आएका छन। प्रसूतिपछि महिला र शिशुको स्वास्थ्यमा देखिनसक्ने जटिल अवस्था निवारण गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए।
 |  आइतबार, माघ २३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

vianetvianet

कञ्‍चनपुर- मातृशिशु मृत्युदर घटाउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य संस्थामा प्रसूति भएका महिलाको घरमै (घरभेट) गएर स्वास्थ्यकर्मीमार्फत जाँच गराउने काम गर्दै आएको छ। प्रसूति भएका महिला र शिशुको अवस्थाबारे जानकारी लिनका लागि स्वास्थ्यकर्मीले घरमै गएर स्वास्थ्य परीक्षण गर्दै आएका छन। प्रसूतिपछि महिला र शिशुको स्वास्थ्यमा देखिनसक्ने जटिल अवस्था निवारण गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए।  

triton college

'प्रसूति भएको २४ घण्टाभित्रै पहिलो जाँच स्वास्थ्य संस्थामै हुन्छ', उनले भने, 'दोस्रो जाँच तीन दिनमा र तेस्रो जाँच सात दिनमा गरिन्छ।' दोस्रो र तेस्रो जाँच स्वास्थ्यकर्मी प्रसूति भएका महिलाको घरमै पुगेर गर्दै आएका छन्। 

घरमै पुग्‍ने स्वास्थ्यकर्मीले प्रसूति भएका आमा तथा नवजात शिशुको शारीरिक जाँच गर्ने, जटिल अवस्था पत्ता लगाउने, उपचारका लागि पठाउनुपर्ने भए तुरुन्तै नजिकैको बृहत् वा  आकस्मिक प्रसूति सेवा भएको अस्पतालमा पठाउने गरिएको छ।  

'घर भेटमा जाँदा स्वास्थ्यकर्मीलाई घर भेट झोला तयार गर्न भन्छौँ', शाखा प्रमुख भट्टले भने, 'झोलामा आमा र नवजात शिशुको शारीरिक जाँचका लागि नभई नहुने औजार तथा उपकरण र आवश्यक औषधि राख्न लगाउछौँ।  कम्तीमा रक्तचाप तथा ज्वरो नाप्ने उपकरण, पञ्जा, पाठेघरको उचाई नाप्ने टेप, टर्चलाइट, ड्रेसिङ सेट, बेटाडिनजस्ता  औषधि राख्न लगाई स्वास्थ्यकर्मीलाई पठाउने गरिएको छ। '

प्रसूति भएका आमाको जाँचमा गुप्ताङ्गबाट अत्यधिक रगत बगे नबगेको, नाडीको गति, तापक्रम, रक्तचाप, रक्तअल्पता, रक्तश्राव, स्तनको जाँच, अनुहार र हात सुन्निए या नसुन्निएको अवस्था, पाठेघरको कडापन र खुम्च्याइ, गुप्ताङ्ग च्यातिएर  रगत बगेको वा सुन्निएको अवस्था र आमाले सजिलोसँग पिसाव फेर्न सके वा नसकेको बारे स्वास्थ्यकर्मीले जाँच गर्दै आएका छन्।  

National life insurance

अत्यधिक रक्तश्राव भएको वा अन्य खतराका लक्षण रहेको पाइए स्वास्थ्य संस्थामा उपचारका लागि पठाउने गरिएको छ।  नवजात शिशुको रङ्ग, चाल र रुवाइको मूल्यांकन गर्ने, श्वासप्रश्वास जाँच गर्ने खुट्टा र पेटमा छामेर बच्चाको तापक्रम हेर्ने, नाभीमा रगत बगिरहेको र सङ्क्रमण भए नभएको हेर्ने, छालामा पिप जमेको वा खटिरा भए नभएको जाँच गर्ने, निधार, पेट, हत्केला र पैतलामा जडिन्सको संकेत भए नभएको जाँच गर्ने, राम्ररी दूध चसेको, दिसापिसाव गरे नगरेको, नाभी मलम लगाएको वा नलगाएकोबारे स्वास्थ्यकर्मीले जाँच गर्दै आएका छन्।  

प्रसूतिपछि महिलामा रक्तश्राव हुने कार्यसँगै शिशुमा पनि  निमोनियलगायत रोगको संक्रमणसमेत देखिने गरेकाले त्यसबारे सजगता अपनाउनका लागि स्वास्थ्यकर्मी खटाउने गरिएको उनको भनाइ थियो। 

प्रसूति भएका महिलालाई पोषिलो खाने कुरा खुवाउने, शिशुलाई स्तनपान गराउने तरिकाबारे पनि जानकारी दिने गरिएको छ। गत पुस महिनादेखि प्रसूति भएका महिलाका घरमा स्वास्थ्यकर्मी खटाउने कार्यक्रम सुरु गरिएको हो।  हालसम्म नगरपालिका क्षेत्रमा सञ्चालित संस्थागत स्वास्थ्य संस्थामा प्रसूति भएका ४३ र अन्य स्वास्थ्य संस्थामा प्रसूति भएका १०  महिलाको घरमा पुगेर स्वास्थ्यकर्मीले जाँच गरिरहेको सिनियर अहेब हरिनाथले बताए। 

उनका अनुसार प्रसूति भएका महिलाको घरमा खटिने स्वास्थ्यकर्मीलाई नगरपालिकाबाट एक भेटमा रु ३०० यातायात खर्चबापत रकमसमेत उपलब्ध गराउँदै आएको छ। एक सर्भेक्षणअनुसार प्रत्येक एक हजार जीवित शिशुको जन्म हुँदा २१ को मृत्यु हुने गरेको र  जन्मपश्चात् पहिलो २८ दिनभित्र हुने मृत्युदर निकै उच्च रहेको छ। 

 स्वास्थ्य संस्थामा जन्मनेभन्दा घरमै जन्मने शिशुमा विभिन्न सङ्क्रमणका कारण मृत्यु हुने दर बढी रहेको छ। सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नका लागि मातृ मृत्युदर ७० र नवजात शिशु मृत्युदर १२ मा झार्ने सरकारको योजना  छ।  सोही योजनाअनुसार स्थानीय तहले प्रसूति हुने महिलाको घर भेट कार्यक्रमलाई अगाडि बढाउँदै आएका हुन्।  

प्रकाशित: Feb 06, 2022| 23:40 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।