बिहीबार, कात्तिक २०, २०८२

आठ सय मिटर लामो झोलुङ्‌गे पुल निर्माण

इलामको दक्षिणी क्षेत्र माई नगरपालिका– ६ को बिहीबारे र वडा १ को घण्टे जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ। आठ सय २० मिटर लामो झोलुङ्‌गे पुलको निर्माण सम्पन्न भएको हो। नेपालमा निर्माण भएकामध्ये दोस्रो लामो झोलुङ््गे पुल रहेको बताइएको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

इलाम- इलामको दक्षिणी क्षेत्र माई नगरपालिका– ६ को बिहीबारे र वडा १ को घण्टे जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ।  आठ सय २० मिटर लामो झोलुङ्‌गे पुलको निर्माण सम्पन्न भएको हो। नेपालमा निर्माण भएकामध्ये दोस्रो लामो झोलुङ््गे पुल रहेको बताइएको छ। 

Kumaribank

पुल निर्माणपछि केही दिनमा नगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ।  झोलुङ्गे पुल निर्माणपछि माइखोला वारपार गर्न सहज भएको छ। यसअघि महाकालीको दोधारा–चाँदनी जोड्ने एक हजार ४५२ मिटर लामो पुल बनेको थियो। 

स्थानीय पूर्वाधार विभाग सस्टेन्सन ब्रीज डिभिजनका इञ्जिनीयर उपेन्द्र देवकोटाले त्रिवेणी सुस्तामा एक हजार ५७२ मिटर लामो झोलुङ्गे पुल निर्माण हुने जानकारी दिए। यस्तै सिन्धुलीमा कमलामाईमा समेत यस्तै पुलको डिजाइन गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट रु आठ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो।  

निर्माण कम्पनी थानी हिमशिखर जेभीले निर्माण अवधिको छ महिना अगाडि नै पुल निर्माण सम्पन्‍न गरिएको देवकोटाले जानकारी दिए। सात पिलरसहित निर्माण गरिएको यो झोलुङ््गे पुलमा चार  टावर रहेका छन्।  माई खोलामा पुल निर्माण भएपछि माई– १ को घण्टेदेखि लिएर देउमाई नगरपालिका जितपुरसम्मका बासिन्दालाई आवतजावत् गर्न सहज भएको छ।  

बिरामीलाई अस्पताल लैजान र विद्यार्थीलाई विद्यालय जान मद्दत पुगेको स्थानीयवासी प्रेमबहादुर कार्कीले बताउनुभयो।  उहाँका अनुसार यो पुलले स्थानीयवासीलाई इलाम सदरमुकाम जानसमेत सहज भएको छ।  यो क्षेत्रमा पुल नहुँदा गत वर्ष मात्र तीन विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो। 

Metro Mart

प्रकाशित: Feb 06, 2022| 23:10 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।