आइतबार, जेठ १७, २०८३

प्रदेश १ मा १४ सदस्यीय मन्त्रिपरिषद् [सूचीसहित]

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्रीमा नियुक्ति भएको तीन महिनापछि राईले मन्त्रालय थप गरी मन्त्रालय विस्तार गरेका हुन्। 

National life

नवगठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री र एक राज्यमन्त्रीसहित १२ जना मन्त्री छन्।

मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रतापप्रकाश हाङगाम, उपेन्द्रप्रसाद घिमिरे मन्त्री नियुक्त भएका छन्। यस्तै विष्णु तुम्बाहम्फे राज्यमन्त्री बनेका छन्।

गत कात्तिक १६ मा गठित मन्त्रिपरिषद्‍ आइतबार विस्तार गरिएको हो। केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाउने निर्णय गरेर क्याबिनेट जम्बो बनाउने निर्णय गरेको थियो। इन्द्रबहादुर आङ्बो आर्थिक मामिला, हिमाल कार्की सडक पूर्वाधार तथा सहरी, केदार कार्की आन्तरिक मामिला, जयराम यादव स्वास्थ्यमन्त्री यसअघि नै बनेका थिए।

आइतबार थपिएका रामकुमार राई खानेपानी तथा सिँचाइ तथा ऊर्जा, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषि, शेखरचन्द्र थापा वन, वातावरण तथा भू–संरक्षण, ओमप्रकाश सरवागी उद्योग, श्रम तथा रोजगार, प्रताप हाङगाम भूमि व्यवस्था र उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन्। राज्यमन्त्री बनेका विष्णु तुम्वाहाम्फेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

Shivam cement
यस्तो छ प्रदेश १ को मन्त्रिपरिषद्



प्रकाशित: Feb 06, 2022| 13:06 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।