विराटनगर- प्रदेश सरकारले मन्त्रालय फुटाएको विरोधमा एमाले निकट युवा संघ र अनेरास्ववियुले प्रदेश प्रमुखको कार्यालय प्रवेशद्वारमा विरोध प्रदर्शन गरेको छ।
प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रमलाई लक्षित गरी युवा, विद्यार्थीले सडकमा अवरोध खडागरि मुख्यमन्त्री राजेन्द्रकुमार राईविरुद्व नाराबाजी गरिरहेका छन्।
सडक अवरोधका कारण नवनियुक्त मन्त्रीहरू तथा विशिष्ट व्यक्तिहरू मुख्य राजमार्ग छाडेर भित्रीबाटबाट प्रदेश प्रमुख कार्यालय आउनेक्रम सुरु भएको छ।
प्रदेश सरकारले मुख्यमन्त्री कार्यालय सहित साबिकका सात वटा मन्त्रालयमा थप गरी १३ वटा पुर्याएको निर्णयविरूद्व युवा, विद्यार्थी आन्दोलित भएको युवा संघका कोषाध्यक्ष मुकेश बुढाथोकीले बताए।