मंगलबार, वैशाख ९, २०८२

हिमपातले अवरुद्ध राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएका कारण सञ्चालन गर्न नसकिँदा यहाँको यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ।
 |  शनिबार, माघ २२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

vianetvianet

डोटी- बिहिबारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका भिमदत्त राजमार्ग तथा पहलमानसिंह स्वार राजमार्ग सञ्चालन हुन नसक्दा यात्रुलाई सास्ती हुँदै आएको छ। 

triton college

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएका कारण सञ्चालन गर्न नसकिँदा यहाँको यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ।

उता डोटीको सिलगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेमा परेको हिउँ पन्छाइए पनि राजमार्गमा ठूलो ढुङ्गा खस्दा राजमार्ग सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए। उनका अनुसार ढुङ्गा हटाउन डोजर मगाइएकाले ढुङ्गा हटाएपछि उक्त राजमार्ग सञ्चालनमा आउने छ। 

भिमदत्त राजमार्गको  साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वरलगायतका ठाउँमा बाक्लो हिमपात भएकाले केही दिन सञ्चालन गराउन समस्या भएको प्रहरी चौकी गैराले जनाएको छ। उक्त राजमार्ग सञ्चालन नहुँदा अहिले सयौँको सङ्ख्यामा सवारी साधन तथा यात्रु अलपत्र परेका छन्। 

राजमार्ग सञ्चालनका लागि सडक विभागको डोजर, सेना, प्रहरी तथा स्थानीयवासीले प्रयास गरी रहे पनि हिउँ पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलले जनाएको छ। 

National life insurance

प्रकाशित: Feb 05, 2022| 21:00 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।