मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ‘३२ किलोमिटर यात्रा गरेर ब्याडमिन्टन खेल्न आउँछन्, १३ वर्षीय अशोक’

‘३२ किलोमिटर यात्रा गरेर ब्याडमिन्टन खेल्न आउँछन्, १३ वर्षीय अशोक’

'सङ्घको पेजमा म्यासेज गर्दा कृष्णपुर नगरपालिका-२ बंकमा दीपक धामी (ब्याडमिन्टन राष्ट्रिय रेफ्री) लाई सम्पर्क गर्नु भन्‍ने रिप्लाई आयो,' उनले भने, 'त्यसपछि सात किलोमिटरयता गरेर बंक खेल्न आउन थालेँ।' वाणी बंक क्षेत्रमा एक महिना आउटडोर खेलेपछि राष्ट्रियस्तरको ब्याडमिन्टन खेल्न आफू चितवन गएको धामीको भनाइ छ।
 |  शनिबार, माघ २२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

vianetvianet

महेन्द्रनगर- एक १३ वर्षीय बालक दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न कभर्डहल पुग्छन् भन्दा पत्यार लाग्‍न गाह्रो होला! तर त्यो सत्य हो। 

triton college

कञ्चनपुरको कृष्णपुरका अशोक सिंह धामी दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न महेन्द्रनगरस्थित कभर्डहलमा पुग्‍ने गरेका छन्। दस वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका कृष्णपु्र नगरपालिका–५ सुदर्शनपुरका १३ वर्षीय धामी यतिबेला दिनहुँजसो ब्याडमिन्टन खेल्न सदरमुकाम महेन्द्रनगरस्थित कभर्डहल पुगिरहेका छन्। 'दैनिक बस भाडा र अरू गरेर खेल्न आउँदा रु तीन सय जति खर्च हुन्छ,' उनले भने, 'पैसाभन्दा पनि खेलमा कसरी अगाडि बढ्ने भन्नेमा बढी ध्यान दिएको छु।'

आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन रहेको कञ्‍चनपुरमा ब्याडमिन्टनमा अशोकजस्तै धेरै नयाँ खेलाडीहरु बिचल्लीमा छन्। महेन्द्रनगर, दैजी, झलारी र गुलरिया क्षेत्रमा दर्जनौं नयाँ जुनियर खेलाडीहरु नियमित अभ्यासमा रहे पनि प्रशिक्षक भने देख्‍नसमेत पाएका छैनन्। 'बिदाको बेला महेन्द्रनगरमा आफन्तको घरमा एक साता बसेर पनि कभर्डहलमा खेल्न आएँ,'धामीले भने, 'कभर्डहलमा कमसेकम सिनियर दाइहरुसित खेल्ने र सिक्ने अवसर त मिल्छ।'

दार्चुलाबाट बसाइँ सरी बुबा पवनसिंह धामी परिवारसहित कृष्णपुर आएका अशोकले सामाजिक सञ्जाल फेसबुकमा कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको पेजमा आफू ब्याडमिन्टन खेल्न चाहेको भनेर म्यासेज गरेको बताउँछन्। 'सङ्घको पेजमा म्यासेज गर्दा कृष्णपुर नगरपालिका-२ बंकमा दीपक धामी (ब्याडमिन्टन राष्ट्रिय रेफ्री) लाई सम्पर्क गर्नु भन्‍ने रिप्लाई आयो,' उनले भने, 'त्यसपछि सात किलोमिटरयता गरेर बंक खेल्न आउन थालेँ।' वाणी बंक क्षेत्रमा एक महिना आउटडोर खेलेपछि राष्ट्रियस्तरको ब्याडमिन्टन खेल्न आफू चितवन गएको धामीको भनाइ छ।

उक्त प्रतियोगितामा सहभागितामा सीमित जस्तै भए पनि खेल्नमा अगाडि बढ्ने हौसला मिलेको उनको भनाइ छ। 'टेलिभिजनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल हेर्न छुटाएको छैन,' धामीले भने, 'घरपरिवारबाट पनि राम्रो सहयोग मिलेको भएर बस चढेर खेल्न महेन्द्रनगर पुग्छु।'

National life insurance

बुबा सशस्त्र प्रहरी बलबाट जागिर छाडेर वैदेशिक रोजगारीमा रहेको उनले बताए। कृष्णपुर नगरपालिका र इलाका प्रहरी कार्यालय परिसरमा बाहिर ब्याडमिन्टन कोर्ट छन्। 'बाहिर पानी आउने, हावा आउँछ खेल्न गाह्रो हुन्छ,' उनले भने, 'अर्को वर्ष काठमाडौँ जाने उतै पढ्ने र खेल्ने सोच बनाएको छु।'

गुलरियाको सरस्वती विद्या निकेतनमा कक्षा ७ मा अध्ययनरत धामी पढाइमा समेत अब्बल विद्यार्थी हुन्। ब्याडमिन्टन खेलका माध्यमबाट मुलुककै परिचित खेलाडी बन्‍ने आफ्नो योजना रहेको धामीको भनाइ छ। जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरका उपाध्यक्ष दिलबहादुर धामीले अस्थायी रुपमा प्रशिक्षक यहाँ ल्याउन पहल गरिए पनि माथिल्लो निकायबाट सुनुवाइ नभएको बताए। 'कञ्चनपुर ब्याडमिन्टनको उर्वरभूमि हो तर यहाँ प्रशिक्षक खटाउन राज्यले ध्यान दिएको छैन,' उनले भने, 'प्रदेशदेखि केन्द्रसम्म पहल गर्‍यौँ तर आश्वासन मात्रै पायौँ।'

उनले संघले समय-समयमा प्रतियोगिताहरु आयोजना गरेर ब्याडमिन्टनको गतिविधिहरु बढाइरहेको बताए। 'यहाँका खेलाडीहरु वर्ल्ड र्‍यांकिङसम्म पुग्दा पनि एउटा प्रशिक्षक पाउँदैन भने योभन्दा दुःखको कुरो अरू के हुन्छ?,' उनले भने, 'अहिले खेलाडी प्रशिक्षकविहीन अवस्थामा अभ्यास गर्दैछन्।'

प्रकाशित: Feb 05, 2022| 17:05 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।