बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'द अनटोल्ड स्टोरी अफ सन्‍नी लियोनी'

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं- बलिउडमा अहिले बायोपिक फिल्मको लहर लाग्न थालेको छ। सञ्जय दतको सञ्जु फिल्म पछि अहिले पोर्न स्टार सन्नी लियोनी को बायोपिक फिल्मले चर्चा बटुली रहेको छ। करणजीत : द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी नामको यस फिल्म उनले स्वयमले नै मुख्य भूमिका निर्वाह गरेकी छन्। 

यसै फिल्म मार्फत उनको जीवनको केही त्यस्ता जानकारीहरू पनि बाहिर आउने जनाइएको छ। सन्नीको पहिलो कमाईले आफ्नो आमाको मंगलसुत्र फिर्ता ल्याएकी थिइन्। 

उनले एडल्ट म्यागजिन पेंटाहाउसको लागि गरेकी थिइन्। उनलाई उक्त फोटोसुट कदापी गर्न मन थिएन तर, परिस्थितिले उनलाई विवश बनायो। 

सन् २००३ मा उनले फोटोसुट गरेकी थिइन्। त्यस समय, उनको पिताको पनि जागिर गुमिसकेको थियो। त्यसताका उनले स्थानीय ब्युटी पिजेन्ट जितेकी थिइन्। सोही समयमा, उनलाई बोल्ड फोटोसुटको लागि अफर आएको थियो।

घरको अवस्था ज्ञात भए पनि उनलाई उक्त सुट गर्न मन थिएन। तर, जब उनले उनी आमाले मंगलसुत्र बन्धकी राखेको थाहा पाइन। त्यस पपछि उनी उक्त फोटोसुटको लागि राजी भइन्।

उनले उक्त फोटो सुटको १ हजार डलर कमाएकी थिइन्। आमाको मंगलसुत्र चार सय डलरमा छुटाएर ल्याइन्।  त्यो बेला उनको आमालाई आफ्नो छोरीले बोल्ड फोटो सुट गर्छिन् भन्ने पत्तो थिएन।
 
पेंटहाउसपछि उनले ‘चेरी’, ‘मिस्टिक’ जस्ता एडल्ट म्यागेजिनमा पनि बोल्ड फोटो सुट गरेकी थिइन्। त्यस पछि भने, उनले ‘भिभिड फुटवेयर कलेक्सन’ मा मोडलिङ्ग शुरू गरिन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्