मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चिया बगान मासेर खनिएको सडक बन्द गरियो

इलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ। नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयको युवाले सो सडक पुरेर बन्द गरेका हुन्।
 |  बिहीबार, माघ २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

इलाम- इलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ। नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयको युवाले सो सडक पुरेर बन्द गरेका हुन्।

triton college

सडक खनेपछि आन्दोलित युवाहरुले केही दिनअघि सडक पुर्नुपर्ने मागसहित सूर्योदय नगरपालिकाको ध्यानाकर्षण गराएका थिए। व्यक्तिगत प्रयोजनका लागि सरकारी जग्गामा रहेको ऐतिहासिक चिया बगान मासिएको भन्दै युवाले सडक पुर्न मागसहित नगरपालिकाको ध्यानाकर्षण गराएका थिए।

सूर्योदय नगरपालिका–७ को कन्याममा केही दिनअघि निजी जमिनमा जाने सडक खन्दा चिया निगमको केही जमिन समेत अतिक्रमण भएको थियो। अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले गत माघ ११ गते नगर प्रमुख रणबहादुर राईको ध्यानाकर्षण गराएको स्थानीयवासी युवराज बस्नेतले बताए। 

कन्याम चिया बगानका व्यवस्थापक सचिन सुब्बाको नेतृत्वमा सूर्योदयका करिब ५० युवाले जेसिबी प्रयोग गरे सडक बन्द गराएका हुन्। 

कन्याम चिया बगानका व्यवस्थापक सुब्बाले आफूहरुलाई कुनै जानकारी नदिइ सडक निर्माण गरिएकाले सडक बन्द गरिएको बताए। सडक खन्न थालेपछि एक पटक आफूहरुले बार लगाएर रोक्दा पनि राति जेसिभी प्रयोग गरेर सडक निर्माण गरेको उनको भनाइ छ। 

Metro Mart
vianet

सडकको १५ मिटर कटाउदासमेत करिब १२ फुट जमिनमा ६ मिटरको सडक खन्दा बगानको जमिन अतिक्रमण भएको स्थानीय युवा शरण फागोको भनाइ छ। उनीहरुले सूर्योदय नगरपालिका–६ का वडाध्यक्ष शिवकुमार बस्नेतले पेलेर बाटो खनाएको आरोप लगाउँदै आएका छन्।

यता वडा नं ६ का वडाध्यक्ष शिवकुमार बस्नेत व्यक्तिको जमिनमा जाने बाटो स्वयम् जग्गा धनीले खनेकाले आफनो कुनै संलग्नता नरहेको बताउँदै आएका छन्। सानो सडक रहेकाले तत्लो गुप्ती गाउँ जाने सडकसमेत आवश्यक भएकाले बढाइएको बताइएको छ। स्थानीयवासीले सबै बगानको जमिन मिचिएका संरचना हटाउनुपर्ने माग गर्न थालेका छन्। 

विसं २०५७ मा अर्थ मन्त्रालयको निजीकरण शाखाले ५० वर्षका लागि कन्यामसहित इलाम र झापाका ७ वटा चिया बगान भारतको संघाई समूहलाई भाडामा दिएको छ। 

प्रकाशित: Feb 03, 2022| 21:45 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।