मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश-१ : मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउने विद्यार्थी र प्रहरीबीच घम्साघम्सी

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश-१ : मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउने विद्यार्थी र प्रहरीबीच घम्साघम्सी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाउन खोज्ने नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच बिहीबार घम्साघम्सी भएको छ।
 |  बिहीबार, माघ २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाउन खोज्ने नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच बिहीबार घम्साघम्सी भएको छ।

triton college

काठमाडौंबाट विराटनगर आउँदै गरेका मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउन विद्यार्थीहरु विराटनगर विमानस्थल रोडमा भेला भएका थिए। कालो झण्डा देखाउने थाहा भएपछि एयरपोर्ट मोडदेखि एयरपोर्टसम्म बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। 

मुख्यमन्त्री राई विराटनगर ओर्लिएलगत्तै मुख्यमन्त्री कार्यालय जानेक्रममा विद्यार्थीले कालोझण्डा देखाउन खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा विद्यार्थी र प्रहरीबीच केही बेर घम्साघम्सी भएको थियो। कालोझण्डा देखाउन खोज्दा प्रहरीले अनेरास्ववियु उपमहासचिव भाष्कर खनाललगायतका विद्यार्थी नेताहरुलाई दुर्व्यवहार गरेको विद्यार्थी नेता तुलसी घिमिरेले बताए। 

प्रदेश १ मा मन्त्रालय फुटाएर १२ वटा बनाउने सरकारको निर्णय फिर्ताको माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलित छ। सरकारले निर्णय फिर्ता नलिए मन्त्रीहरुका गाडी चल्न नदिने अनेरास्ववियुको चेतावनी छ। जनताको करको दुरुपयोग गरेर मुख्यमन्त्री राईले सत्ता टिकाउनका लागि मन्त्रालय फुटाउने काममा उद्यत भएको उनीहरुको आरोप छ। 

प्रकाशित: Feb 03, 2022| 15:40 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।