शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलकुद विवाद समाधान र अभ्यास गराउन खेलकर्मी र कर्मचारीको र्‍याली

खेलकुद विवाद समाधान र अभ्यास गराउन खेलकर्मी र कर्मचारीको र्‍याली

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खलाडी संघ (एनएनआईपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद्(राखेप) कर्मचारी संघले संयुक्त रुपमा हुनुपर्ने कामकारबाही सुरु गर्न माग राख्दै र्‍याली सम्पन्न गरेका हुन्।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- नवौं राष्ट्रिय खेलकुदको तयारी नभएको, एसियाली खेलकुदका लागि अभ्यास सुरु नभएको लगातयको विषयमा विरोध गर्दै आज त्रिपुरेश्वरमा विरोध र्‍याली कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खलाडी संघ (एनएनआईपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद्(राखेप) कर्मचारी संघले संयुक्त रुपमा हुनुपर्ने कामकारबाही सुरु गर्न माग राख्दै र्‍याली सम्पन्न गरेका हुन्।

केपी ओली सरकाले नियुक्त गरेको सदस्य सचिव रमेश कुमार सिलवाललाई पदमुक्त गर्दै शेरबहादुर देउवा सरकारले टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो। सरकारको निर्णयप्रति पहिलेका सदस्य सचिव सिलावलले सर्वोच्चमा मुद्दा हालेपछि अहिले राखेपको कामकाज ठप्प छ।

सर्वोच्चमा सदस्य सचिवसम्बन्धि मुद्दा अहिले विचाराधिन छ। यसकारण राखेपका कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन्। त्यस्तै, अघिल्लो वर्षको फागुनमा हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद कोभिडको महामारीको कारण आयोजन हुन सकेको छैन।

साथै यसै वर्ष चीनमा हुने एसियाली खेलकुदको तयारी, १४औं दक्षिण एसियाली खेकलुद र अन्य प्रतियोगिताको तयारी हुन सकेका छैनन्। तर सदस्य सचिवको विवादले अहिले कुनै कामय हुन सकेको छैन।

त्यसैले यो विवाद चाडै समाधान गर्दै नियमित रुपमा काम गर्नका लागि विरोध र्‍याली गरिएको हो। ‘अझै पनि यस्तै शून्यताले निरन्तरता पाउने हो भने यसले समग्र खेलकुदमा नै ठूलो नकरात्मक प्रभाव पार्ने छ,’ तीनै संघका अध्यक्षले जारी गरेका विज्ञप्तिमा लेखिएको छ।

प्रकाशित: Feb 03, 2022| 13:47 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।