शुक्रबार, कात्तिक २८, २०८२

रहेनन् बलिउड अभिनेता रमेश देव

बलिउड अभिनेता रमेश देवको ९३ वर्षको उमेरमा निधन भएको छ। उनका छोरा अजिनय देवले पितको निधनबारे पुष्टि गरेका छन्।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- बलिउड अभिनेता रमेश देवको ९३ वर्षको उमेरमा निधन भएको छ। उनका छोरा अजिनय देवले पितको निधनबारे पुष्टि गरेका छन्।

National life

देवको निधन बुधबार भारतको कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा हृदयघातका कारण भएको उनका छोराले बताएका छन्।

तीन दिनअघि मात्रै ९३ वर्ष पुगेका देवले सन् १९६२ मा फानी मजुकदर निर्देशित ‘आरती’ फिल्ममार्फत् बलिउडमा डेव्यू गरेका थिए। उनले दर्जनौं हिन्दी र मराठी फिल्ममा काम गरेका छन्।

उनले बलिउडका स्टार अभिनेता अमिताब बच्चन, दीलिप कुमार, राजेश खन्नाजस्ता कलाकारसँग ‘आनन्द’, ‘आपकी कसम’, ‘मेरे अप्ने’, ‘कोरा काजग’, ‘खिलौना’लगायत फिल्ममा अभिनय गरेका छन्। उनले २५० भन्दा धेरै हिन्दी फिल्म र करिब २०० वटा मराठी फिल्ममा अभिनय गरेका छन्।

प्रकाशित: Feb 03, 2022| 11:54 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्