शनिबार, साउन ३०, २०८३

लागूऔषधसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौंको नागढुंगास्थित चेकप्वाइन्टबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- काठमाडौंको नागढुंगास्थित चेकप्वाइन्टबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका-७ घर भएका ४६ वर्षीय शिव चरण दास रहेका छन्।

माघ १९ मा धरानबाट काठमाडौं आउँदै गरेको ना७ख ३२५५ नम्बरको बसमा सवार दासको साथबाट प्रहरीले ३४० एम्पुल डाइजेपाम, सोही परिमाणको नुर्फिन र फेनारगन बरामद गरेको छ।

उनलाई लागूऔषध नियन्त्रण ऐन-२०३३ अनुसारको कसुरमा थानकोट प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: Feb 03, 2022| 09:11 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।