शनिबार, असार २०, २०८३

बुर्किना फासोलाई हराउँदै सेनेगल अफ्रिका कपको फाइनलमा

क्यामरुनमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुर्किना फासोलाई ३-१ गोलअन्तरले हराउँदै सेनेगलले फाइनलमा स्थान बनाएको हो।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- बुधबार राति सम्पन्न खेलमा जित निकाल्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ। क्यामरुनमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुर्किना फासोलाई ३-१ गोलअन्तरले हराउँदै सेनेगलले फाइनलमा स्थान बनाएको हो।

सेनेगलको जितका लागि अब्डोयु डियल्लो, इड्रिसा गुएउ र साडियो मानेले समान १-१ गोल गरे। यता बुर्किना फासोका ब्लाटी टोरले एक गोल फर्काए। 

खेलको ७०औं मिनेटमा डियल्लोले सेनेगललाई अग्रता दिलाएका थिए। त्यस्तै, ७६ औं मिनेटमा गुएउले अग्रता दोब्बर बनाएका थिए।

यता ८०औं मिनेटमा टोरले एक गोल फर्काएपछि खेल २-१ को अवस्थामा पुगेको थियो। तर निर्धारित समयको तीन मिनेटअघि मात्र मानेले गोल गर्दै सेनेगलको ३-१ को जित निश्चित गरे।

अब दोस्रो सेमिफाइनल खेल बिहीबार राति हुँदैछ। यो खेलमा इजिप्टले आयोजक क्यामरुनको सामना गर्नेछ। यो खेलको विजेताले आगामी आईतबार राति हुने फाइनल खेलमा सेनेगेलको सामना गर्नेछ।

प्रकाशित: Feb 03, 2022| 08:45 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।