बुधबार, जेठ २०, २०८३

हाडनाता करणीबाट जन्मिएको शिशु हत्या गर्न लगाउनेलाई जन्मकैद

हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल राजपुरले भने निज दोषी भएको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

धनगढी- उच्च अदालत दिपायलले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ।

National life

हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल राजपुरले भने निज दोषी भएको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।

राजकुमारको बलात्कारपछि गर्भवती भएकी एक युवतीले विसं २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन्। उनीबाट जन्मिएको बच्चा मारिदिनु भन्दै पटकपटक दबाब दिएपछि युवतीले जन्मेको ३४ दिनमा विषादी सेवन गराई आफ्नै सन्तानको हत्या गरेको प्रमाणका आधारमा निजलाई जन्मकैदको सजाय सुनाइएको उच्च अदालत दिपायल राजपुरले जनाएको छ। 

मंगलबार उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। यसैगरी शिशुको हत्या गर्ने युवतीलाई चार वर्ष कैद हुनेगरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय उच्च अदालत दिपायल राजपुरले सदर गरेको छ। उक्त घटनामा संलग्न भएको र विषादी जडीबुटी ल्याएर बालकलाई खुवाउन सहयोग गरेको आरोपमा अर्की एक महिलालाई छ महिना कैद सजाय सुनाइएको छ।

प्रकाशित: Feb 03, 2022| 00:00 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।