आइतबार, जेठ १७, २०८३

लगातारको हिमपातले जनजीवन कष्टकर

लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। गएका वर्ष भन्दा यस पटक धेरै पटक हिउँ परेको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

इलाम- लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। गएका वर्ष भन्दा यस पटक धेरै पटक हिउँ परेको छ। 

National life

इलामका उच्च पहाडी क्षेत्रमा यसवर्ष पटक–पटक हिउँ झरेपछि सो क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको हो। चिसोका कारण विशेष गरेर घर बाहिरको काम गर्न मुस्किल भएको छ। मङ्गलबार साँझबाट हिउँ झरेपछि उच्च पहाडी क्षेत्रका बासिन्दालाई समस्या भएको हो। यस पटक विगत भन्दा निकै तलसम्म हिउँ परेको स्थानीयवासीको भनाइ छ।

यस पटक भने जिल्लाको माइजोगमाई गाउँपालिकाको नयाँ बजारसम्म हिउँ परेको छ। सदरमुकामलगायत तल्लो क्षेत्रका मानिसलाई हिउँमा खेल्न रमाइलो हुने भए पनि माथिल्लो क्षेत्रका बासिन्दाले कष्टकर जीवन बिताउनु परेको माइजोगमाई गाउँपालिका नयाँ बजारकी निर्मला बस्नेतले बताए।

यस पटक नयाँ बजारसम्म हिउँ परेको उनले बताए। जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, मेग्मालगायतका स्थानमा यसअघि पनि पटक–पटक हिउँ झरेको भए पनि नयाँ बजारसम्म हिउँ परेपछि चीसो बढेको स्थानीयवासीको भनाइ छ।

यस पटक धेरै तल अर्थात माइमझुवा, टप्पु, नयाँ बजारलगायत धेरै तलसम्म हिमपात भएको छ। त्यस्तै राति जिल्लाका धेरै स्थानमा पानी समेत परेको छ। उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ। जाडो बढेपछि विषेश गरेर बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ। 

Shivam cement

हिउँ परेको स्थानमा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ। उनीहरुलाई दैनिक कामकाज गर्न समस्या भएको छ। गाईबस्तुलाई घाँस लगाउन झनै समस्या भएको छ। लेकाली क्षेत्रमा यसबेला घर बाहिरको घाँस दाउरा काट्ने, आलु रोप्ने, मल बोक्नेलगायतका काम हुने गरेका छन्। तिनै काम गर्न नसकिने अवस्था आएको स्थानीयवासीको भनाइ छ।

प्रकाशित: Feb 02, 2022| 22:35 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।