बिहीबार, भदौ १२, २०८२

प्रदेश १ मा ५३३ जनामा कोरोना पुष्टि

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३२ जनामा सङ्क्रमण देखिएको हो।
 |  मंगलबार, माघ १८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

vianetvianet

काठमाडौं- प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३२ जनामा सङ्क्रमण देखिएको हो। 

Kumaribank

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा सात, उदयपुरमा ६, भोजपुर र इलाममा तीन-तीन, तेह्रथुममा दुई, सङ्खुवासभा र पाँचथरमा एक-एक तथा प्रदेश बाहिरका २९ जनामा कोरोना देखिएको हो।

मोरङको विराटनगरमा ९७, बेलबारीमा सात, पथरीशनिश्चरेमा पाँच, उर्लाबारी र सुन्दरहरैचामा चार-चार, मिक्लाजुङमा तीन, कटहरी, जहदा र स्थानीय तह नखुलेका दुई-दुई, कानेपोखरी, सुनवर्षी, ग्रामथान, रङ्गेली र बूढीगङ्गामा एक-एक, झापाको दमकमा १४, विर्तामोडमा १२, भद्रपुरमा १०, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा पाँच-पाँच, कनकाई र बुद्धशान्तिमा चार-चार, मेचीनगरमा तीन, गौरीगञ्ज, शिवसताक्षी र स्थानीय तह नखुलेका एक-एक जनामा सङ्क्रमण देखिएको छ।  

यसैगरी सुनसरीको इटहरीमा १८, धरानमा १२, दुहवी र बर्जुमा तीन-तीन, इनरुवा, गढी र देवानगञ्जमा दुई-दुई, रामधुनी र कोशी गाउँपालिकामा एक-एक र स्थानीय तह नखुलेका नौ, धनकुटाको धनकुटा नगरपालिकामा चार, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका एक-एक, उदयपुरको कटारी र त्रियुगामा दुई-दुई, चौदण्डीगढी र बेलकामा एक-एक, भोजपुरको भोजपुर नगरपालिकामा दुई र टेम्केमैयुङमा एक, इलामको इलाम नगरपालिका, रोङ र फाकफोकथुममा एक-एक, तेह्रथुमको छथर र मेन्छेयायेममा एक-एक, सङ्खुवासभाको धर्मदेवी र पाँचथरको फिदिममा  एक-एक तथा प्रदेश बाहिरका २९ जनामा सङ्क्रमण पुष्टि भएको छ। 

प्रदेशमा ७७२ जना कोरोनाबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २४३ रहेको छ। 

Metro Mart


प्रकाशित: Feb 01, 2022| 23:10 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।