सोमबार, कात्तिक १०, २०८२

जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसीयू थन्कियो

जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना सङ्क्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउन नसकेको हो।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

बैतडी- जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना सङ्क्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउन नसकेको हो। 

Kumaribank

दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताए। उनले भने, 'सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ।  भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने एनेस्थेसियोलोजिस्ट र फिजिसियन चिकित्सकको अभाव छ।'

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत वर्षको मङ्सिरमा भेन्टिलेटरसहितको दुई शय्याको आईसीयू कक्ष स्थापना गरिएको थियो।  

अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा कोरोनाको महामारीमा पनि प्रयोगमा ल्याउन नसकिएको अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताए। उनले भने, 'जनशक्ति अभावमा उपकरण जडानपछि त्यस्तै थन्किएको छ।'

श्वासप्रश्वासमा समस्या भएका जटिल खालाका सङ्क्रमितलाई अहिले डडेल्धुरा तथा कैलाली जिल्ला पठाउनु परेको र कतिपयको भने त्यहाँ नपुग्दै बाटो नै मृत्यु हुने गरेको थियो। भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना सङ्क्रमणका कारण हालसम्म १९ जनाले ज्यान गुमाएका छन्। 

Metro Mart

प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहितको आइसियु कक्ष राख्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णयअनुरूप कक्ष सञ्चालनमा ल्याइएको थियो।

प्रकाशित: Feb 01, 2022| 21:40 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।