आइतबार, मंसिर ७, २०८२

दुबै खेलमा जित आउला जस्तो लागेको थिएन : अब्दुल्लाह अलमुताइरी

मोरिससविरुद्ध दोस्रा खेलमा पनि जित निकाले पछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खुसी व्यक्त गरेका छन्। पहिलो खेलअघि कमसेकम एक खेलमा जित निकाल्ने लक्ष्य राखेको मंगलबारको खेलपछि प्रशिक्षक अलमुताइरीले बताएका हुन्।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं- मोरिससविरुद्ध दोस्रा खेलमा पनि जित निकाले पछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खुसी व्यक्त गरेका छन्। पहिलो खेलअघि कमसेकम एक खेलमा जित निकाल्ने लक्ष्य राखेको मंगलबारको खेलपछि प्रशिक्षक अलमुताइरीले बताएका हुन्।

National life

उनले भने, ‘मेरो योजनामा दुवै जित्ने थिएन। एक बराबरी हुन्छ भन्ने लागेका थियो। तर त्यस्तो भएन। आज हामीले खेलाडीमा डर देखेनौँ। अब ववरियतामा पनि दुई स्थान अघि पुगेका छौं। यो खेलले र जितले हामीलाई सहयोग गरेको छ।’

आजको महत्पूर्ण कुरा चाहिँ हामीले ३–४–३ मा खेल्यौँ। तर दोस्रो हाफमा ७० प्रतिशत नेपालले बल पोसेसनमा राख्यो। मैले आज तीन केन्द्रीय डिफेन्ससँग खेलाएको थिएँ। उनले नेपाली खेलाडीले राम्रो टिमसँग फाइट गर्न सक्छ भनेर देखाएको पनि बताएका छन्।

‘१–०ले लिड गरिरहेको अवस्थामा हामीले सहज रुपमा खेल्यौं। डिस्टेन्स बलमा पनि राम्रो गयौँ। म धेरै खुसी छु,’ उनले भने। आजको खेलमा ११ पहेँलो कार्ड र दुई रेड कार्ड देखाइएको थियो।

रेफ्री नविन्द्र महर्जनले गोलकिपर प्रशिक्षक विकास मल्लालाई पनि रातो कार्ड देखाएका थिए। महर्जनको निर्णयको आलोचना गर्दै अलमुताइरीले त्यो कार्ड भने यल्लो हुनपर्ने दाबी गरेका छन्।

Laxmi sunrise bank
kumari

‘मलाई रेफ्री मनपर्छ र म उनीहरुलाई सम्मन गर्छु। आज हारेको भए पनि म रेफ्रीलाई केही भन्ने थिइनँ। मे वि उनीहरुले एक दुई गल्ती गरे पनि त्यसले खेलका नतिजा परिवर्नत हुँदैन। हामीले फुटबल खेल्नुपर्छ। रेफ्री पनि मानिस नै त हुन्,’ उनले भने।

उनले खेलाडीको नामले टिममा नराख्‍ने भन्दै रणनीतिमा मिल्ने खेलाडीलाई मात्र खेलाउने पनि बताएका छन्।

उनले आजको खेलमा छ परिवर्तन बताएका थिए। उनले कोभिड समस्याका कारण दुई टिम बनाएको पनि बताएका छन्। कोभिडको कारण मोरिससको टिममा कोभिडको समस्याका कारण गाह्रो भएको थियो। यसकारण उसको पहिलो खेलमा केहि खेलाडी थिएनन्।

उनले कतिपय मैत्रीपूर्ण खेल फाइटका कारण पूर्ण नभएको भन्दै आजको घम्साघम्सीलाई सामन्य रुपमा लिनुपर्ने पनि बताएका छन्।


प्रकाशित: Feb 01, 2022| 19:46 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।