शनिबार, असार २०, २०८३

नेपालसँग फन्‍नी खेल भयो : मोरिसस प्रशिक्षक टोनी

१–० को हारपछि उनले आफूले राम्रो खेलेको पनि बताएका छन्। उनले भने, ‘हामीले राम्रो खेल्यौँ। हामीले केहि अवसर पायौँ। गोलको लागि काम गरेको पनि हो तर सकिएन।’ नेपाल भ्रमणका दौरान मोरिससले गोल गर्न सकेन।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं- मंगलबार सम्पन्न नेपालसँगको खेललाई लिएर मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले खेल फन्नि भएको बताएका छन्। उनले दुई खेलबारे बोल्दै खेल चाखलाग्दो भएको बताएका हुन्।

१–० को हारपछि उनले आफूले राम्रो खेलेको पनि बताएका छन्। उनले भने, ‘हामीले राम्रो खेल्यौँ। हामीले केहि अवसर पायौँ। गोलको लागि काम गरेको पनि हो तर सकिएन।’ नेपाल भ्रमणका दौरान मोरिससले गोल गर्न सकेन।

आजको खेलमा मोरिससका दुई खेलाडीले रातो कार्ड पनि पाएका थिए। रेफ्रिबारे के भन्नुहुन्छ ? भन्ने प्रश्नमा उनले केही नभन्‍ने बताएका छन्। उनले भने, ‘रेफ्री को निर्णयबारे केही भन्दिनँ। त्यहाँ कोही थिए रातो कार्ड खान लायक खेलाडी। हामी यो खेलको पछि अनुसन्धान गर्छौं र विश्‍लेषण गर्छौं।’

उनले दुबै खेल हारे पनि दुई खेलमा हार बेहोरे पनि आत्मविश्वास बढेको बताएका छन्। उनले भने, ‘पहिलो खेलमा डर थियो। आज आत्मविश्वास राम्रो थियो। तर आज पनि जित निकाल्न सकेनौँ।’

रंगशालाको पीचमा केही समस्या देखिए पनि उनले पीचबारे पनि कमेन्ट गर्न चाहेनन्। ‘पीच दुवै टिमका लागि थियो। हामीले धेरै मैत्रीपूर्ण देख्यौँ। तर म आफ्नो टिमको पूरा रेस्पोन्सेबिलिटी लिन्छु। तर यो फन्‍नी खेल भयो। दुवै टिम जितको लागि तिर्खाएका थिए,’ उनले भने।

प्रकाशित: Feb 01, 2022| 19:35 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।