सोमबार, कात्तिक १०, २०८२

सुदूरपश्‍चिममा थप २४६ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। सो अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १४२ जनाको नमूना परीक्षण गरिएको थियो।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। सो अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १४२ जनाको नमूना परीक्षण गरिएको थियो। 

Kumaribank

स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर विधिमार्फत ८८ जना तथा एन्टीजेनमार्फत १५८ जनामा कोरोना पुष्टि भएको हो। पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ६१, महाकाली अस्पतालमा १४, डडेल्धुरा अस्पतालमा १३ र एन्टीजेनमार्फत  कञ्चनपुरमा ७५, कैलालीमा १५, डडेल्धुरामा १५, बझाङमा आठ, बाजुरामा १६, डोटीमा पाँच, बैतडीमा १५, अछाममा पाँच र दार्चुलामा चार जनामा सङ्क्रमण पुष्टि भएको हो।   

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर १८८ जना कोरोनाबाट निको भएका छन्। सो अवधिमा प्रदेशमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

यसअघि सोमबार सुदूरपश्चिममा ४१३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १९४ जना निको भएका थिए। सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६२४ जनाको ज्यान गइसकेको छ। 

प्रकाशित: Feb 01, 2022| 20:40 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।