आइतबार, मंसिर ७, २०८२

घम्साघम्सीपूर्ण खेलमा मोरिससविरुद्ध नेपालको जित

मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले जित निकालेको छ।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं– मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले जित निकालेको छ। खेलको पहिलो हाफमै १–० गोलको अग्रता बनाएको नेपलाले १–० कै जित निकालेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले गोल गरे।

National life

रंगशालामा आजको खेल सौहार्दपूर्ण भने रहेन। खेल मैत्रीपूर्ण भए पनि मोरिससका दुई खेलाडी रातो कार्ड खाँदै बाहिरिए। त्यस्तै, डबल येल्लो कार्ड पाएका पुजन नगरकाेटीले पनि दोस्रो हाफमा मैदान छोडेपछि नेपाली टिम पनि १० खेलाडीमा समेटिएको थियो।

पहिलो हाफको खेल सौहार्दपूर्ण रहे पनि दोस्रो हाफको बीचको १५ मिनेटमा स्थिति बिग्रियाे। त्यसै दौरान तीन खेलाडीले कार्डको सामना गर्दै मैदान छोडेका थिए। यता खेलको अन्तिम मिनेटमा फ्लड लाइटको पावर सप्लाइमा समस्या आई मैदानमा पर्याप्त प्रकाश नभएपछि केही समयका लागि खेल रोकिएको थियो।

मोरिससविरुद्धको पहिलो खेलमा नेपालले १–० गोलको जित निकालेको थियो। त्यसैले आज मोरिसस पहिलो जितको खोजीमा थियो। तर उसको जित निकाल्ने सपना भने अधुरै रह्यो।

पहिलो खेलमा टिमबाट फरक मंगलबारका लागि छुट्टै स्क्वाडको घोषणा पनि गरिएको थियो। सोहि अनुसार आजको खेलमा पहिलेको खेलमा भन्दा ६ खेलाडी परिवर्तन गरिएको थियो।

Laxmi sunrise bank
kumari

पहिलो खेलममा सुरुआती रोजाइमा पर्दै गोलसमेत गरेका विमल घर्ती मगर आजको खेलमा भने ५६ औं मिनेटमा मात्र मैदान पसेका थिए। त्यस्तै, मंगलबारको खेलमा नविन गुरुङले पनि डेब्यु गरेका छन्। यससँगै नेपाली टिमका प्रशिक्षकले डेब्यू गराएका खेलाडीको संख्या ११ पुगेको छ।

मंगलबार औषत सुरुआत भएको खेलको पाँचौ मिनेटमा नेपालका अन्जन विष्टले पहिलो पटक विपक्षीको पोस्टमा गोलको अटेम्ट गरेका थिए। उनको प्रहारमा बल पोस्टबाहिर गयो।

खेलको १० औं मिनेटमै नेपालले अग्रता बनायो। अट्याकिङ थर्डमा उनले पोस्ट नजिकैबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। त्यसको अर्को मिनेटमा मोरिससले निकै बलियो आक्रमण बुन्यो।

गोलको नजिक पुगिसकेको अवस्थामा पनि मोरिससले गोल गर्न सकेन। खेलको १० औं मिनेटमा भने नेपालले गोल गर्यो। सुजलले थ्रो इन दिएको बल माेरिससका खेलाडीले क्लियर गर्ने क्रममा कर्नर भएकाे थियो। कर्नरबाट नविन गुरुङले प्रहार गरेको बल गोलकिपर लोइक मिचेलले बचाएका थिए।

डिबक्स बाहिर रहेका आशिष लामाले पोस्टतर्फै फर्काएको बल पुजनले सुजल श्रेष्ठलाई दिएका थिए। सुजलले पोस्टमा प्रहार गर्दै गोल गर्न सफल भए। त्यसको अर्को मिनेटमै मोरिससले नेपाली डिफेन्सको किल्ला भत्कायो। र, पेनाल्टीकोअवसर पायो।

कप्तान एफम् फरवार्ड एन्डी सोफीले प्रहार गरेको पेनाल्टी गोलकिपर किरण कुमार लिम्बूले डाइभ गरेर बचाएका थिए। यससँगै मोरिससले गोलको अति नै नजिकको अवसर गुमायो। त्यसको अर्को मिनेटमा नेपालको फितलो प्रयास पोस्टबाहिर गएको थियो।

खेलको ३६ औं मिनेटमा नेपालले अर्को अवसर गुमायो। गोलकिपर मिचेल पोस्टको फ्रेमबाहिर रहेको अवस्थामा तेज तामाङले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो।

त्यस्तै, पुजन नगरकोटीको फ्रि किकमा सुजल श्रेष्ठले गरेको हेडर प्रयास पनि पोस्टको नजिकैबाट बाहिरियो।

पहिलो हाफको अन्तिम मिनेटमा मोरिससका लिन्सले ब्रासले गरेको प्रहार गोलकिपरले बचाए। पहिलो हाफको इन्ज्युरी समयमा मोरिससले योभन्दा शक्तिशाली प्रहार गर्यो। कप्तान एन्डीको पासमा ब्रासले प्रहार गरे पनि गोलकिपर किरणले बललाई बचाएका थिए। यससँगै पहिलो हाफमा नेपालले १–० गोलको अग्रता बनायाे।

दोस्रो हाफको सुरुबाटै मोरिससका एन्डी, ब्रास र एड्रिन बोट्लरले नेपाली डिफेन्डरलाई दुःख दिइरहे। ५२ औं मिनेटमा आक्रमणको प्रयास असफल भएपछि मोरिससले कर्नरको अवसर पाएको थियो। तर, ब्राभिस रस्दारि सिंहको कर्नर प्रहार पनि पोस्टको बारमा लागेर मैदानतर्फ गएको थियो।

खेलको ५७ औं मिनेटमा अन्जन विष्टको क्रसलाई मनिषले हेडर प्रयास गरे पनि उनले बल भेट्न सकेनन्। ६३ औं मिनेटमा सुजलले प्रहार गरेको फ्रि किकलाई मनिषले पुन: प्रहार गरे पनि पोस्टको नजिकैबाट बाहिरियो। ६६ औं मिनेटमा अन्जनको क्रसलाई मनिषले फेरि गोलमा बदल्न चुके। यता खेलको ६८ औं मिनेटमा एन्डीले डिबक्सको कुना छेउबाट शक्तिसाली प्रहार गरे पनि गोलकिपर लिम्बूले बाहिर पठाइदिए।

त्यसपछि मैदानमा केही समय खलबली मच्चिएको थियो। यसैबीच मोरिससका दुई खेलाडीले रातो कार्डका सामना गरे। तर मोरिससको टिमले रातो कार्डविरुद्ध अपिल गरेपछि रेफ्रीले निर्णय फेरबदल गर्दै ब्रासले पाएको कार्ड फिर्ता लिएका थिए।

दुवैतर्फका खेलाडी र अफिसियल अस्तव्यस्त छरिएको अवस्थामा नेपाली टिमका गोलकिपर प्रशिक्षक विकास श्रेष्ठले भने रेड कार्ड पाए। उनी खेलाडीको झगडाबीच मैदान प्रवेश गरेका कारण रेड कार्ड पाएका हुन्।

खेलको ८० औं मिनेटमा मोरिससका इम्यानुएल फुचुन्डले रातो कार्ड पाए। त्यसपछि मोरिसस ९ खेलाडी समेटिएको थियो।खेलको इन्ज्युरी समयमा अन्जनको प्रहार गोलकिपर मिचेलले बचाएका थिए। यसँगै गोलका अन्य प्रयास नभएपछि नेपालले १–० गोलको जित निकालेको हो।

प्रकाशित: Feb 01, 2022| 18:54 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।