शनिबार, असार २०, २०८३

मोरिससविरुद्ध पहिलो हाफमा सुजलले दिलाए नेपाललाई अग्रता

मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफम नेपालले १–० गोलको अग्रता बनाएको छ।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं– मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफम नेपालले १–० गोलको अग्रता बनाएको छ। औषत सुरुआत भएको खेलको पाँचौ मिनेटमा नेपालका अन्जन विष्टले पहिलो पटक विपक्षीको पोस्टमा गोलको अटेम्ट गरेका थिए। उनको प्रहारमा बल पोस्टबाहिर गयो।

खेलको १० औं मिनेटमै नेपालले अग्रता बनायो। अट्याकिङ थर्डमा उनले पोस्ट नजिकैबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। त्यसको अर्को मिनेटमा मोरिससले निकै बलियो आक्रमण बुन्यो।

गोलको नजिक पुगिसकेको अवस्थामा पनि मोरिससले गोल गर्न सकेन। खेलको १० औं मिनेटमा भने नेपालले गोल गर्यो। सुजलले थ्रो इन दिएको बल माेरिससका खेलाडीले क्लियर गर्ने क्रममा कर्नर भएकाे थियो। कर्नरबाट नविन गुरुङले प्रहार गरेको बल गोलकिपर लोइक मिचेलले बचाएका थिए।

डिबक्स बाहिर रहेका आशिष लामाले पोस्टतर्फै फर्काएको बल पुजनले सुजल श्रेष्ठलाई दिएका थिए। सुजलले पोस्टमा प्रहार गर्दै गोल गर्न सफल भए। त्यसको अर्को मिनेटमै मोरिससले नेपाली डिफेन्सको किल्ला भत्कायो। र, पेनाल्टीको अवसर पायो।

कप्तान एफम् फरवार्ड एन्डी सोफीले प्रहार गरेको पेनाल्टी गोलकिपर किरण कुमार लिम्बूले डाइभ गरेर बचाएका थिए। यससँगै मोरिससले गोलको अति नै नजिकको अवसर गुमायो। त्यसको अर्को मिनेटमा नेपालको फितलो प्रयास पोस्टबाहिर गएको थियो।

खेलको ३६ औं मिनेटमा नेपालले अर्को अवसर गुमायो। गोलकिपर पोस्टको फ्रेमबाहिर रहेको अवस्थामा तेज तामाङले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।

त्यस्तै, पुजन उपरकोटीको फ्रि किमा सुजल श्रेष्ठले गरेको हेडर प्रयास पोस्टको नजिकैबाट बाहिरियो। पहिलो हाफको अन्तिम मिनेटमा लिन्सले ब्रासले गरेको प्रहार गोलकिपरले बचाए। पहिलो हाफको इन्ज्युरी समयमा मोरिससले योभन्दा शक्तिशाली प्रहार गर्यो। कप्तान एन्डीको पासमा ब्रासले प्रहार गरे पनि गोलकिपर किरणले बललाई बचाएका थिए। यससँगै पहिलो हाफमा नेपालले १–० गोलको अग्रता बनाएको छ।

प्रकाशित: Feb 01, 2022| 18:17 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।