आइतबार, जेठ १७, २०८३

झापा र मोरङमा कुष्ठरोगको जोखिम

प्रदेश नं १ मा झापा र मोरङ सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाका रुपमा चिनिएका छन्। स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्यांक अनुसार १४ जिल्ला रहेको प्रदेशमा पहिलो झापा र दोस्रो स्थानमा मोरङ रहेका छन्।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

झापा- प्रदेश नं १ मा झापा र मोरङ सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाका रुपमा चिनिएका छन्। स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्यांक अनुसार १४ जिल्ला रहेको प्रदेशमा पहिलो झापा र दोस्रो स्थानमा मोरङ रहेका छन्। 

National life

प्रदेशमा रहेका ३८५ जना नयाँ कुष्ठरोगीमध्ये झापामा १६४ र मोरङमा १०३ जना र सुनसरीमा २९ जना रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। अन्य जिल्लामा भने नगन्य रुपमा रहेका छन्। कार्यालयका कुष्ठरोग फोकल पर्सन तारादेवी सुवेदीले प्रति १० हजार जनसङ्ख्यामा बिरामीको प्रकोप दर झापामा १ दशमलव ४२ र मोरङमा १ दशमलव २१ रहेको छ। यी दुवै जिल्ला उच्च जोखिममा रहेको उनको भनाइ छ।

कुष्ठरोगलाई सन् २०३० सम्ममा शून्य बनाउने लक्ष्य लिएको उनले बताए। उनले कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा प्रचारप्रसार गर्ने, बिरामीलाई नियमित उपचार गर्न सल्लाह दिने र उपचारको उपलव्धता बारेमा जानकारी गराउने, कुष्ठरोगको शंका लागेका बिरामीलाई स्वास्थ्य संस्थामा पठाइ रोग निदान र उपचारमा सहयोग पुर्‍याउने, बिरामी र प्रभावितलाई आफ्नो परिवार र समुदायमा भेद्भाव हुन नदिन रोगबारेमा सत्यतथ्य जानकारी दिइने उनको भनाइ छ। 

उनले मानव अधिकारको सम्मान गरी भेद्भाव हटाउने, कुष्ठरोगविरुद्धको विभेदकारी कानुनको उन्मूलन गर्न तीन तहको सरकारसँग पहल गर्ने जानकारी दिए। जनस्वास्थ्य कार्यालय झापाका तथ्यांक अधिकृत चुडामणि लुइँटेलले कुष्ठरोग सुरुवा रोग भएका कारण विशेषगरी बाक्लो बस्तीमा बस्ने तराईमूलका समुदाय, विपन्न परिवारमा बढी देखिने गरेको बताए। 

प्रदेश नम्बर १ का कुष्ठरोगीको पहिचान गरेर नियमित औषधि खुवाउने र जटिल समस्यामा भएमा धुनषा जिल्लाको लालगढ र काठमाडौँ आनन्दवन अस्पताल उपचारका लागि पठाउने गरेको उनले जानकारी दिए।

Shivam cement

प्रकाशित: Feb 01, 2022| 22:40 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।