शनिबार, असार २०, २०८३

आईपीएल अक्सनमा नेपालबाट सन्दीप मात्र छानिए

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग(आईपीएल)ले आगामी अक्सनका लागि छनोट गरेको छ।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं- नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग(आईपीएल)ले आगामी अक्सनका लागि छनोट गरेको छ।

आईपीएलले सार्वजनिक गरेको सूचीमा नेपालबाट सन्दीपको मात्र नाम अटाएको छ। सन्दीप पछिल्लो अक्सनमा पनि सहभागी बनेका थिए। तर सो अक्सनमा उनलाई कुनै टिमले अनुबन्ध गरेको थिएन। त्यसअघि उनले तीन सिजन आईपीएल खेलिसकेका छन्। 

यो पटक आईपीएलमा सहभागी बन्ने टिमको संख्या पनि १० पुगेको छ। यस्तोमा थप नेपाली खेलाडीले अवसर पाउने आकलन गरिएको थियो। तर अक्सनका लागि सन्दीपले मात्र अवसर पाउने भएका छन्।

नेपालबाट नाम दर्ता गराएका खेलाडीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, अभिनास बोहरा, शरद भेषावकर, कुशल मल्ल, करण केसी र दिपेन्द्र सिंह ऐरी थिए।

अक्सनबाट कुनै पनि टिमले लामिछानेलाई भित्र्याउन चाहेमा न्यूनतम ४० लाख भारतीय रुपैयाँ तिर्नुपर्ने हुन्छ।

प्रकाशित: Feb 01, 2022| 17:59 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।